प्रस, वीरगंज, १७ फागुन/

जिटुजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतको तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेको नेपालस्थित भारतीय राजदूतावासको कार्यालयले जनाए

नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवं समझदारीपत्रको आदानप्रदान भएको दूतावासले जानकारी गराएको छ ।

समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।

समारोहमा भारतका सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याइ कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने बताए ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याइ नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here