प्रस, गरूडा, १७ फागुन/
रौतहटको मौलापुर नगरपालिकाको पुराताŒिवक महादेव मन्दिरमा लाखौंले दर्शन र पूजा गरेका छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीले मधानी महायज्ञमा सहभागिता जनाएका थिए ।
२०७६ सालमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शुरू भएको मधानी महायज्ञको तेस्रो संस्करणमा प्रमुख अतिथिको रूपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आउने निश्चित भएको थियो । अन्तिम समयमा विशेष कारणले पूर्वप्रम ओली आउन नसक्ने भएपछि पार्टीका सचिव टोपबहादुर रायमाझी प्रमुख अतिथि र पूर्वमन्त्री प्रभु साह विशिष्ट अतिथिका रूपमा रहेका थिए ।
कार्यक्रममा नेपाल र भारतका लाखौं मानिस उपस्थित थिए । दर्शकको भावनालाई बुझेर आयोजक मौलापुर नगरपालिकाले राजनीतिक मन्तव्यलाई निकै कम महŒव दिएको थियो । मौलापुर नगरपालिकालाई विकासको पथमा अग्रसर गराइ पुराताŒिवक महादेव मन्दिरलाई प्रचारको एउटा उचाइमा पु¥याउने पूर्वमन्त्री प्रभु साहले लाखौं दर्शक उपस्थित भइदिएर मधानी महोत्सवलाई भव्य बनाइदिएकोमा धन्यवाद ज्ञापन गरे ।
मधानी महायज्ञमा नेपाली सिनेमाका महानायक राजेश हमाल, भारतीय भोजपुरी सिनेमाका चर्चित गायक तथा नायक खेसारीलाल यादव, सदाबहार भोजपुरी नायिका रानी चटर्जीको सहभागिताले नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहारका विभिन्न जिल्लाका दर्शकलाई आकर्षित गरेको थियो । पहिलेका दुई मधानी महोत्सवमाझैं महोत्सवको तेस्रो संस्करणमा पनि भारतीय तथा नेपाली कलाकारलाई मौलापुर नगरपालिकाले निम्त्याएर मधानी महोत्सवलाई विशेष बनाएको थियो ।
मौलापुर नगरपालिकाको पतौरामा रहेको पुराताŒिवक महादेव मन्दिरमा नगरपालिकाले महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ गर्दै आएको छ । रौतहट र बारामा मुख्यगरी ग्रामीण क्षेत्रमा शिवको विशेष अनुष्ठानको रूपमा प्रचलनमा रहेको मधानी लोपोन्मुख अवस्थामा पुगेको थियो । मौलापुर नगरपालिकाले मधानी यज्ञलाई विशेष प्राथमिकता दिएर स्थानीय संस्कृतिलाई महोत्सवको रूप दिने प्रयास गरिरहेको छ । मौलापुर नगरपालिकाले नेपालका विशिष्ट राजनीतिज्ञ तथा कलाकारका साथै भारतीय कलाकार र गायकलाई बोलाएर मधानी महायज्ञको साथै पुराताŒिवक महादेव मन्दिरको प्रचार गरिरहेको छ ।
पछिल्लो उत्खननले मौलापुरको महादेव मन्दिरको अवशेष बुद्धकालीन भएको अनुमान गरिएको छ । मौलापुरको पतौरामा रहेको पुराताŒिवक महादेव मन्दिरलाई नेपाल सरकारले देशको सय पर्यटकीय गन्तव्यमा पनि पारेको छ ।
कार्यक्रममा नेपाली सिनेमाका महानायक राजेश हमालले विशाल जनसहभागिता रहेको कार्यक्रममा निम्त्याएर सम्मान गरेकोमा मौलापुर नगरपालिकालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा भारतीय कलाकार यादवले नेपालमा आएर आफ्नो प्रस्तुति दिन पाउँदा गर्व लागेको बताए । महाशिवरात्रिजस्तो पर्वको अवसरमा माता जानकीको जन्मस्थलमा आएर प्रस्तुति दिन पाउनु आफ्नोलागि गर्वको विषय भएको कलाकार यादवले बताए । साथै नेपालमा पहिलोपटक औपचारिकरूपमा स्टेजमा कार्यक्रम गर्न पाएकोमा निकै खुशी लागेको बताए । यसभन्दा पहिले आफू एकपटक नेपाल आउँदा आयोजकको गलतीले आफूले प्रस्तुति दिन नपाउँदा निकै दुःखी भएको बताउँदै यसपटक पनि कुनै कारणले होहल्ला भएमा कोही पनि भोजपुरी तथा हिन्दी सिनेमाका कलाकार नेपाल आउन नचाहने भावुक भएर बताउँदा उपस्थित लाखौं दर्शक भावुक बनेका थिए ।
कलाकार रानी चटर्जीले औपचारिक स्टेज कार्यक्रममा खेसारीलालसित आफूले पहिलोपटक प्रस्तुति दिन पाएको भनी खुशी व्यक्त गरेकी थिइन् । खेसारीलाल यादव र रानी चटर्जीको ठुम्कामा लाखौं मानिस मधानी महोत्सवमा एकसाथ झुमेका थिए । पहिलो मधानी महोत्सवमा पनि रानी चटर्जीको सहभागिता थियो ।
कार्यक्रममा हमाल, यादव तथा चटर्जीको प्रस्तुतिले लाखौं दर्शक खूब उत्साहित भएका थिए । लाखौं प्रशंसक तथा दर्शकका बीचमा कलाकारत्रय आफैं पनि झुम्किएका थिए ।
कार्यक्रममा टिकटक स्टार सोम्या पोखरेलले पनि आफ्नो सहभागिता जनाएकी थिइन् ।
नेपालकी चर्चित टिकटक कलाकार सोम्या पोखरेलले आफ्नो देब्रे हातमा खेसारीलाल यादवको नामको ट्याटु नै बनाएको प्रसङ्गले पनि मञ्चमा खूब ताली पाएको थियो ।
हरेक वर्ष मधानी महोत्सव हुँदा भारतीय तथा नेपाली कलाकारका साथै नेताहरूको उपस्थितिले लाखौं दर्शक आउँदा मौलापुरको पुराताŒिवक महादेव मन्दिरको पनि प्रचारप्रसार भइरहेको छ । कार्यक्रमको अध्यक्षता मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले गरेकी थिइन् भने सहभागी सबैलाई उपप्रमुख गौरीशङ्कर साहले स्वागत गरेका थिए ।
लगातार तीन वर्षदेखि लाखFैं दर्शकलाई उपस्थित गराएर मधानी महोत्सव सफल भइरहँदा मौलापुर नगरपालिकाको पनि सम्मानमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ ।