प्रस, वीरगंज, १३ फागुन/

जिल्ला निर्वाचन कार्यालय, पर्साको आयोजनामा सरोकारवालासँग मतदाता नामावली अद्यावधिक तथा दाबी/विरोधसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले निर्वाचन कार्यालयले प्रस्तुत गरेको कार्यतालिकाको समय कम भएको भन्दै समय बढाउन माग गरेका थिए। एकैपटक चौधवटा पालिकामा कार्यतालिका सञ्चालन गर्नुभन्दा वडाबाट अद्यावधिक र दाबी/विरोध गरे जनतालाई सहज हुने बताए।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते अद्यावधिकको सूचना सङ्कलन गर्ने,  २० देखि २६ गतेसम्म अद्यावधिकको म्याद तोकिएको निर्वाचन प्रमुख रञ्जीता झाले जानकारी गराइन्। १४ वटा पालिकाबाट आफ्नो नाम हेर्न मिल्ने तर दाबी/विरोध र सच्याउने काम निर्वाचन कार्यालयबाट हुने बताइन्। अद्यावधिक अन्तर्गत त्रुटि सच्याउने, दोहोरो नाम, बसाइँसराइ, मृत्यु वा आरोप–प्रत्यारोप लागेका व्यक्तिहरूमाथि दाबी विरोध गर्ने प्रमाणसहित निवेदन पेश गर्नुपर्ने उनले बताइन्। प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १४ वटा पालिकाका प्रमुख/प्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here