प्रस, निजगढ, १२ फागुन/
आठ महीनाअघि रतनपुरी अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्ष्Fक शम्भुप्रसाद यादवले गाँजा तस्करसँग सात लाख बार्गेनिङ गरी अढाई लाख रकम प्रसनि यादवलाई दिने सहमतिमा छोडिदिएका चारजना अभियुक्तमध्ये मुख्य अभियुक्तलाई प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन ।
त्यस घटनामा संलग्न अटोधनी निजगढ नगरपालिका–१२ रामथलीका ५२ वर्षीय पाल्साङ तितुङलाई करीब तीन साताअघि काठमाडौंबाट र निजगढ नगरपालिका–१२ रामथलीका ३० वर्षीय सोमबहादुर थिङलाई गत पुस ४ गते मकवानपुरको नामटारबाट पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अवैध गाँजा ओसारपसारमा लामो समयदेखि संलग्न हुँदै आइरहेका सोही ठाउँका दिनेश भनिने इन्द्रबहादुर भुलनलाई भने प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन ।
घटनाका मुख्य नाइके गाँजा कारोबारी भुलनलाई फरार सूचीमा राखी बारा प्रहरीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
सो घटनामा संलग्न अभियुक्तहरूमाथि इलाका प्रहरी कार्यालय, निजगढले अनुसन्धान गरि रहेको इप्रका, निजगढका प्रमुख एवं प्रहरी निरीक्षक शङ्कर चौधरीले बताए । प्रहरी सहायक निरीक्ष्Fक नै यस घटनामा मुछिएको समाचार बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय, बाराका एक प्रहरी निरीक्ष्Fक संयोजक तोकी तीन सदस्यीय छानबीन टोली गठन भई छानबीन शुरू भएको थियो ।