प्रस, निजगढ, ९ फागुन/

निजगढमा दुई दिने प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धि तालीम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय, बाराका प्रमुख मन्जुर अहमदले उद्घाटन गर्दै समय अनुसार प्रविधिसँग वन संरक्षणकर्मीहरू नजीकिनुपर्ने बताए ।

आधुनिक युगमा विभिन्न नयाँ प्रविधि वन संरक्षणमा उपयोगी हुने बताउँदै प्रविधिसँग सिक्नै पर्ने प्रमुख अहमदले बताए । बेलाबखतमा तालीमले क्षमता अभिवृद्धिमा महŒवपूर्ण सहयोग हुने भएकोले तालीममा सिकेका जानेका ज्ञानलाई वन क्षेत्रको विकास, संरक्षण, संवर्धनमा लगाउनसमेत उनले आग्रह गरे ।

वन क्षेत्रको बाहिरबाट संरक्षण गर्न सहज लाग्ने देखिए पनि सीमित साधन स्रोत, अपुग जनशक्ति र कतिपय पुरानै ऐन, कानून भएकाले कठिनाइ भोग्नुपरेकाले सामुदायिक वन, साझेदारी वन व्यवस्थापन जस्ता संरक्षणकर्मीहरूलाई समयमा नैं चाहे जति वन कार्यालयले सेवा दिन नसकिरहेको भन्दै वनका अव्यावहारिक ऐन, कानूनलाई समय सुहाउँदो परिमार्जन गर्नुपर्ने जसमा सरकारको बेलैमा ध्यान जानुपर्ने अन्यथा समस्या जस्ताको त्यस्तै रहने प्रमुख अहमदले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि एवं वरिष्ठ पत्रकार तथा प्रशिक्षक चन्द्रकिशोर झाले वन संरक्षणमा मनैदेखि लाग्न आग्रह गर्दै वन क्षेत्र बहुआयामिक क्षेत्र भएकोले मानवका लागि मात्र नभई विभिन्न वन्यजन्तु, चराचुरुङ्गी, प्रकृति, स्वच्छ वातावरण सम्पूर्ण जीवजन्तुहरूको अस्तित्व रक्षाका लागि वन क्षेत्र महŒवपूर्ण रहने बताए । तालीममा डिभिजन वन कार्यालय, बाराका सहायक वन अधिकृत जवाहर कुर्मी, वन अधिकृत अनिल साहले प्रशिक्षण दिएका थिए ।

डिभिजन वन कार्यालयको सहयोग र चित्र–दृश्य मल्टिक्रियशन निजगढको आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारीलगायत सहभागी थिए । तालीमपछि सहभागीहरूले निजगढ नपा–७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा संरक्षण गरिएको वन क्षेत्रको समेत अवलोकन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here