प्रस, पर्सागढी, ८ फागुन/
पर्सागढी नगरपालिकामा किसानहरूले लगाएको मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ ।
मकैमा देखिएको फौजी कीरा रात्रिचर भएको कृषि शाखाका नायब प्राविधिक सहायक शिवपूजन महतोले बताए । उनले दिनभरि यो कीरा माटोमुनि बस्ने र रात परेपछि मकैबालीलाई हानि पु¥याउने गरेको बताए ।
पर्सागढीमा देखिएको रात्रिचर कीराले मकैबालीलाई मुख्यरूपमा प्रभावित पारेको छ । मकैखेतीको अलावा यो कीराले धान, गहुँ, जुनेलो, कोदो, उखु, तरकारी खेतीसमेतलाई पनि मौसम अनुसार क्षति पु¥याउने गरेको महतोले बताए ।
वाई आकारको सेतो रड्ढो धर्सा हुने र पेटको अन्तिमतिर आठौं खण्डमा कालो रड्ढो सातवटा थोप्ला देखिने कीरालाई फौजी कीरा सम्झनुपर्ने उनले बताए । यसका साथै अन्य खण्डमा ठूलो रड्ढा चारवटा थोप्ला समलम्ब चतुर्भुज आकारमा देखिने उनले बताए ।
फौजी कीराले कलिलो अवस्थाको मकैको गुहोभित्र प्वाल पारेर पस्ने र बाली खाने गर्दछ । बिरुवा हुर्कदै जाँदा मकैको दाना, चमरा, जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्ने गरेको महतोले बताए । फौजी कीरा लाग्नबाट नियन्त्रण गर्न मकै रोप्नुअगाडि गहिरो खनजोत गर्ने र मकैको एक बाली लगाउनु अगावै मास, मुङ जस्ता कोसेबाली बाली र मिश्रित बाली लगाउँदा यो कीराको प्रकोप कम हुने महतोले बताए ।
फौजी कीरा लागेका किसानहरूले स्पाइनेटोराम ११.७ एससी एक मिली प्रतिदुई लिटर पानीमा वा स्पाइनोस्याड ४५ एससी एक मिली प्रतितीन लिटर पानीमा अथवा इमामेक्टिन बेन्जोएट ५ एसजी एक मिली प्रतिअढाई लिटर पानीमा हालेर स्प्रे गर्दा फौजी कीरा नियन्त्रण हुने प्राविधिक महतोले बताए । उनले माथि लेखिएका औषधि प्रयोग गर्दा एकपटक एउटा औषधि र अर्कोपटक अर्को औषधि प्रयोग गर्दा फौजी कीरा नियन्त्रण हुने र एकै प्रकारको औषधि दुईपटक प्रयोग नगर्न सुझाएका छन् ।
यो कीराको पाचन प्रक्रिया बलियो हुने र यसले बढी क्षति पु¥याउने हुनाले किसानहरू समयमैं सजग हुनुपर्ने उनको सुझाव छ ।