प्रस, सिम्रौनगढ, ८ फागुन/
सिम्रौनगढमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वडा अधिवेशन सम्पन्न भएको छ ।
लोसपाका नगर अध्यक्ष किशोरप्रसाद साहले अधिवेशन उद्घाटन गर्दै ऐतिहासिक, धार्मिक पर्यटकस्थल सिम्रौनगढको विकासमा नेताहरूले चासो नदेखाएको आरोप लगाए । उनले नेताहरूले सिम्रौनगढको विकासका लागि भाषण मात्र दिने गरेको तर विकास गर्ने कुरामा भने अगाडि नबढेको आरोप लगाए । उनले आगामी स्थानीय निर्वाचनमा लोसपाको जीत भए सिम्रौनगढको समग्र विकासमा सघाउने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य डा कमरुल्लाह अन्सारी, स्थानीय नेताहरू परमानन्द मुखिया, धु्रवप्रसाद यादव, राजेश यादव, रामबाबूप्रसाद यादव, शेख मोतिन, शत्रुघ्न प्रसादलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरे । अधिवेशन उद्घाटन समारोह मोनाफ अन्सारीको अध्यक्षतामा भएको थियो भने स्वागत दिनेश कुशवाहा र सञ्चालन सियाराम यादवले गरेका थिए ।