बेइजिङ, ८ फागुन/एएनआई
चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन् ।
म्युनिख सुरक्षा सम्मेलनमा भिडियोद्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले चीन सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोपहरू अस्वीकार गर्दछ भन्ने टिप्पणी गरेका थिए । अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगरहरूविरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो । चीनमाथि उइगर र अन्य अल्पसङ्ख्यक समूहहरूमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ, जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ ।
गैरसरकारी संस्थाहरू र सञ्चारमाध्यमहरूले चिनियाँ अधिकारीहरूले धेरै गम्भीर मानव अधिकार उल्लङघनहरू गरेको प्रतिवेदन तयार पारेका छन् ।
यसमा सिनजियाङ (उइगुर क्षेत्र)मा लाखौं उइगुर र अन्य टर्किक समूहहरूको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हड्ढङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानूनको शासनको पतन उच्च–प्रविधि निगरानी प्रणालीहरूले अधिकारीहरूलाई शान्तिपूर्ण आचरणहरू ट्र्याक गर्न र अन्यायपूर्णरूपमा अभियोजन गर्न सक्षम बनाउन सहयोग पु¥याउने बताइएको छ । रासस