पर्सेली किसानले यस वर्षको तोरी फसल बेचेर नगद भिœयाए । असोज/कात्तिक महीनामा छरेर माघ महीनामा पाक्ने तोरी पर्साका उत्तर–पश्चिम क्षेत्रका किसानहरूको लागि परम्परागत प्रमुख नगदेबाली हो । परम्परागत यस अर्थमा कि दशकौं पहिले जसरी तोरीखेती गरिन्थ्यो, आज पनि यहाँ तोरीखेती गरिने तरीका उही छ । फरक यति छ कि हिजो हल–गोरु लगाएर खेत जोतिन्थ्यो, दाइ गरिन्थ्यो भने आज हल–गोरुको सट्टा ट्याक्टर प्रयोग गरेर तोरी छर्ने र दाइ गर्ने गरिन्छ । तोरी छर्ने, बीउ छनोट गर्ने, मलको प्रयोग, शत्रुजीव नियन्त्रण गर्नेलगायतमा पुरानै तरीका छ । यसरी गरिंदै आएको तोरीखेतीलाई आधुनिकीकरण गर्न र उत्पादन बढाउनका लागि सरकारी निकायहरू कहींकतैबाट पनि प्रभावकारी काम हुन सकेको छैन । जिल्लाको सुदूर पश्चिमस्थित ठोरी पालिका क्षेत्र र जिल्लाको उत्तरी थरुहट क्षेत्रका केही बस्तीका लागि तोरीखेती, केवल खेती मात्रै नभएर जीवन जिउने आधार पनि हो । उक्त क्षेत्रहरूमा सडक, बिजुली तथा सडक सञ्जाल बिस्तार नहुँदाको अवस्थमा प्रतिव्यक्ति आम्दानी अति न्यून थियो । अधिकांश किसान परिवार गरीबीको रेखामुनि थिए । उनीहरूलाई परिवारको भरण, पोषण तथा शिक्षा, स्वास्थ्य र चाडपर्व मनाउन गा¥हो थियो । उनीहरूले साहुबाट ऋण काढ्नै पर्ने बाध्यता हुँदा तोरीको भाखा राख्थे । ऋणको साँवा तिर्न नसक्ने बहुवर्षीय भाखा राखेका ऋणीहरूले ब्याज तिर्न पनि ‘तोरी ब्याज’ भनेर तमसुक गर्ने चलन थियो ।

उतिबेला नगदेबालीको रूपमा एकमात्र तोरीखेती हुने भएकोले त्यसैको आस र भरोसामा किसानको जीवन चलिरहेको हुन्थ्यो । आज त्यस क्षेत्रमा नगदेबालीको रूपमा सुर्ती पनि छ । सडक सुविधाका कारण धान, मकै, गहुँ, खुर्सानीलगायतका बालीहरू पनि नगदेबालीको रूपमा उदाउँदो छ । तर अन्य बाली र तोरीबालीको प्रसङ्ग अलि फरक छ । अन्य बाली परम्परागतबाट आधुनिकतातर्फ पाइला सारी रहेका छन् । जस्तै मकैको जात हाइब्रिड प्रयोग हुन थाल्यो । परम्परागतरूपमा खेती गर्दा एक क्वीन्टल फसल फल्न नसक्ने क्षेत्रफलमा आज १० क्वीन्टलभन्दा बढी फल्न थाले । गहुँ, मकै, धानलगायतका अन्न बालीहरूको बीउबिजन, सिंचाइ, मलखाद, बाली रोप्ने र भण्डारण गर्ने तरीकामा आधुनिक सीपको प्रयोग हुन थालेको छ । तोरीखेती भने पुरानै अवस्थामा छ । समय अनुकूल यसलाई पनि उन्नत तरीका अपनाउन सके तोरीले परम्परागत अवस्थाको भन्दा दशौं गुना बढी फाइदा दिन सक्छ ।

खलियानबाटै किलोको १२५ रुपैयाँको दरले यतिबेला तोरी बिक्री भइरहेको छ । व्यापारीहरू खेतमैं पुग्छन् । जिल्लाको करीब पाँच हजार ५६० हेक्टर जमीनमा तोरीखेती हुन्छ । यसको फसल उत्पादन भने प्रतिहेक्टर करीब १.३ मेट्रिक टन मात्रै छ । यसलाई पनि उत्पादन वृद्धि भएको मानिरहेका छौं । चितवनलगायतका जिल्लामा हरेक तोरी किसानलाई सरकारी अनुदान उपलब्ध छ । तोरीखेती गर्दा माटोमा मिसाउने सल्फर, क्याल्सियम, बोरोनलगायत सूक्ष्म खाद्य तŒवमा ५० प्रतिशत अनुदान दिइएको छ । पर्सा र बाराको क्षेत्रमा यो व्यवस्था औपचारिकतामा मात्रै सीमित छ । यसलाई वास्तविक किसानसम्म पु¥याउन सके तोरीको उत्पादनमा अझ वृद्धि गर्न सक्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here