प्रस, जीतपुर, ७ फागुन/

सिमरा गोल्डकप–२०७८ चैत १० गते सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले चैत १० गतेदेखि शुरू हुने प्रतियोगितामा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले उपमहानगरपालिकाको गौरव र पहिचान बनाएको सिमरा गोल्डकप फूटबल प्रतियोगिता सफल बनाउनको लागि उपमहानगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताइन् ।

नवजनजागृति युवा क्लब सिमराले प्रत्येक वर्ष आयोजना गर्दै आएको सिमरा गोल्डकप फूटबल प्रतियोगिता यस वर्ष चैत १० देखि शुरू भएर चैत १९ गते सम्पन्न हुने वडाध्यक्ष्F हीराबहादुर गुरुङले बताए ।

प्रतियोगितामा ८३ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष्F रामचन्द्र रामाले बताए । उनले प्रथम हुनेलाई रु १० लाख, द्वितीयलाई रु ६ लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, अन्य विधागतरूपमा उत्कृष्ट हुनेलाई जनही २० हजार रुपैयाँले पुरस्कृत गरिने बताए । प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ घोषित हुनेलाई जनही रु ६ हजार र स्थानीय उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँबाट पुरस्कृत गरिने सचिव शम्भु ठकुरीले बताए ।

मधेस प्रदेशकै सबैभन्दा बढी पुरस्कार राशिको यो फूटबल प्रतियोगितामा आयोजकसहित १० वटा टीम सहभागी हुने बताइएको छ । प्रतियोगितामा दर्शक र सञ्चारकर्मीहरूको लागि बीमा व्यवस्था गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, वीरगंजका प्रदेश प्रबन्धक निशान्त लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here