काठमाडौं, ६ फागुन/रासस

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा शुक्रवार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिड्ढो मदतमा नेपालले ओमानमाथि सहज जीत निकालेको हो ।

११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका नसिम सुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले नौ, जतिन्दर सिंहले नौ, खबर अलीले सात, फैज बटले छ, कलिमुल्लाहले पाँच, अयान खानले तीन, जिसन मक्सुदले दुई र सोयब खानले एक रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुर्ई/दुर्ई विकेट लिए । त्यसैगरी, अविनाश बोहरा र जीतेन्द्र मुखियाले एक/एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा दुई चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने सात बलमा एक चौका र एक छक्कासहित १६ रनमा अविजित रहे ।

यस्तै, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले सात, कुशल भुर्तेलले पाँच, आशिफ शेखले चार तथा कमलसिंह ऐरीले एक रन बनाए ।

ओमानका खबर अलीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै, बिलाल खानले दुर्ई तथा फैज बट, जिसन मक्सुदले एक/एक विकेट लिए । नेपालले दोस्रो खेल शनिवार फिलिपिन्ससँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here