काठमाडौं, ४ फागुन/रासस

मच्छिन्द्र फूटबल क्लबले दुर्ई खेलअगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बुधवार भएको खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मच्छिन्द्रले अब १२औं चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फूटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मच्छिन्द्रलाई भेट्नेछैन ।

अङ्कतालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाड्ढो २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधारमा मच्छिन्द्र नै अगाडि हुनेछ ।

त्यस्तै, मच्छिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतीजा निकालेको छ । मच्छिन्द्रले लगातार दोस्रोपटक उपाधि जितेको हो । यसअघि मच्छिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यति बेला मच्छिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

मच्छिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औं मिनेटमा गरेको एक गोल नै मच्छिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनील बलको क्रसमा देवेन्द्र तामाड्ढो हेडलाई सातदोबाटोका गोलकीपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्कतालिकाको छैटौं स्थानमा रहेको छ ।

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे । तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुड्ढो पासमा गोल गरेका हुन् ।

यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोलकीपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र महर्जनले विकेशलाई रातो कार्ड दिएका थिए । यस बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको
छ । आर्मी अङ्कतालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ । त्यस्तै, समान खेलको हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्कतालिकाको आठौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here