प्रस, सिम्रौनगढ, ३ फागुन/
छिमेकी भारतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारी नगर थाना क्ष्Fेत्रको चर्खापार्कमा रहेको महात्मा गाँधीको प्रतिमा तोडफोड भएको छ ।
भारतका राष्ट्रपिता महात्मा गाँधीको प्रतिमा अज्ञात समूहले तोडफोड गरेको र सो सम्बन्धमा एकजना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको डिएम कपिल शीर्षत अशोकले बताए ।
पक्राउ परेका युवकको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धान भइरहेको र तथ्य प्रमाण सार्वजनिक भएपछि युवकको नाम सार्वजनिक गरिने बताइएको छ ।
डिएम शीर्षत अशोकले घटनास्थलको निरीक्ष्Fण गर्दै प्रतिमा पुनस्र्थापना गरिने र मूर्तिस्थलको वरिपरि सात फिटको पर्खाल निर्माण र सिसिटिभी जडान गरिने बताए ।