बलिराम शुक्ला, बिरुवागुठी, ३ फागुन/

आमोदेवी मानवसेवा केन्द्र, पर्सागढी नगरपालिका वडा नं ३ बिरुवागुठीको भवन निर्माण हुने स्थानको पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलगायतको टोलीले मङ्गलवार निरीक्षण गरेको छ ।

टोलीले पर्सागढी नगरपालिका वडा नं ३ बडनिहारदेखि पूर्व सृजन टोलनजीक रहेको कित्ता नं १ को १६ कट्ठा ऐलानी पर्ती जग्गामा केन्द्रको भवन निर्माण हुने स्थलमा प्रारम्भिक निर्माण कार्यको अनुगमन तथा सरोकारहरूसँग छलफल गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख यादवले पर्सा जिल्लामैं मानवसेवा गर्ने उद्देश्यका साथ स्थापना भएको आमोदेवी मानवसेवा केन्द्रको भवन निर्माणस्थलको जग्गालाई पर्खालले घेर्न नपाले रु १० लाख दिएको बताए । नपामा मानवसेवाको लागि नमूना कार्यको सुरुआत हुन थालेकोले आफ्नो थप सहयोग रहने उनले बताए ।

अनुगमनमा पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरी, वडाध्यक्षद्वय उद्धव उप्रेती, वेदमनदास थारू, वडासदस्य अरुणप्रकाश रेग्मी, समाजसेवी जङ्गबहादुर चौधरी, सुकमान तामाङ, लक्ष्मी लामालगायत स्थानीयहरूको सहभागिता रहेको केन्द्रका अध्यक्ष अशोककुमार बुर्लाकोटीले जानकारी दिए ।

केन्द्रको भवन निर्माणको लागि गत वर्ष स्थानीयवासीहरूले अर्थ सङ्कलनको लागि महायज्ञ सप्ताह लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here