आजको युग जतिसुकै विकसित र वैज्ञानिक किन नहोस्, रोगहरूले मानिसलाई अचेटेकै छ । ज्ञात मात्र होइन, धेरैथरीका अज्ञात रोगहरूले मानिसलाई दिनहुँ चेतावनी दिइ नै रहेका छन् । केही रोग उन्मूलन गर्न केही नियन्त्रण गर्न मानिसले जानिसकेको छ, तर एउटा रोग उन्मूलन हुन पाएको छैन, अन्य दुई–चार रोगहरूले आक्रमण गर्न थालेका हुन्छन् । कोरोनाको अहिलेसम्म सयौं भेरियन्ट देखा परिसकेको छ, यसको थप भेरियन्ट आउने चेतावनी स्वास्थ्यविज्ञहरूले प्रतिदिन दिइरहेका छन् । जतिजति औषध विज्ञान सफलताको सिंढी चढ्दै जान लागेको छ, उसलाई चुनौती दिंदै रोगहरूको नयाँनयाँ प्रकार जन्मिरहेको छ, साथै पुराना रोगहरूले पनि सास्ती दिन थालेको छ ।

अहिले छारेरोगले नेपालमा वास लिन थालेको छ । बितेको पाँच वर्षको तथ्याङ्क अनुसार आव २०७३–७४ मा देशभर छारेरोगीको सङ्ख्या १५,६४७ थियो भने २०७४–७५ मा १८,३८८ आव ७५–७६ मा १९,६४४, आव ७६–७७ मा २१,१६४ र आव ७७–७८ मा २४,५३२ जनालाई यस रोगले च्यापेको छ । यस तथ्याङ्कले यस रोगका रोगीको पाँच वर्षमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यसैगरी मिर्गौला, मुटुरोग, मधुमेह, रक्तचाप, क्यान्सरजस्ता असाध्य रोगहरूको गति पनि बढिरहेको छ ।
मानिस छ भने रोग पनि हुन्छ नै । मानिस जतिजति पाको हुँदै जान्छ, उसमा रोग प्रतिरोधात्मक क्ष्Fमता ¥हास भएर रोगहरूबाट सहज आक्रान्त बन्न पुग्छ । र हामीकहाँ वृद्ध नागरिकको सङ्ख्या ज्यामितीय गतिमा बढिरहेको छ । औषध विज्ञानले गर्दा मानिस दीर्घजीवी बन्दै गएको त छ, तर विभिन्न रोगहरूबाट जोगिन पनि सकिरहेको छैन । रोगको निदान औषधि होइन । औषधिले रोग नियन्त्रण गर्ने मात्र हो। झन् अहिलेको औषधिले एउटा रोग नियन्त्रण गर्ने र साटोमा अन्य रोगहरू निम्त्याउने गरेको छ । यस्तोमा रोग प्रतिरोधको सहज र सरल उपाय भनेको खानपान, आहार–विहारमा नियन्त्रण मात्र हुन सक्दछ । दुःखको कुरा के छ भने आजको प्रतिस्पर्धात्मक युगमा हाम्रो सहज संस्कार मर्दैछ र हामी सबै कुरामा परमुखापेक्षी बन्दै गएका छौं । हाम्रो नाश्ताको सारा भार अब तयारी खाद्य पदार्थले लिइसकेको छ भने बिस्तारै परम्परागत खाना बहिष्कृत हुँदै तयारी खानाको हामी उपभोक्ता बन्न पुगेका छौं । हाम्रो आहारा अब आफ्नो पाखुराले जुटाउन सकिरहेको छैन, कारखानाहरूले उत्पादन गर्न थालेका छन् । यसरी एकै ठाउँमा धेरैका लागि उत्पादन हुने खानालाई लामो समयसम्म जोगाउन जुन उपक्रम गरिन्छ त्यसले मानिसलाई रोगी बनाइरहेको कुरा स्वास्थ्यविज्ञहरूले बारम्बार बताइरहेका छन् ।

कारखानाले उत्पादन गर्ने खानामा विभिन्न रसायन प्रयोग हुन्छ, लामो समयसम्म जोगाउन र टाढाटाढासम्म पु¥याउन । त्यस रसायनले हानि पु¥याउने कुरा त छँदैछ, आज थोरै समयमा धेरै उत्पादन लिनका लागि ताजा हरियो तरकारी, फलफूलमा पनि अत्यधिक विषाक्त पदार्थको प्रयोग हुने गरेको छ, जसले स्वास्थ्यमा प्रत्यक्ष्F हानि पु¥याउँछ नै । आहारविहारको हकमा पनि हामी अधिक कृत्रिम बनिसकेका छौं । हामी प्रकृतिको विपरीत गइरहेका छौं । प्रकृतिले दिन काम र राति विश्रामका लागि बनाएको छ, तर हामीले ठीक उल्टो गति धारण गरेका छौं । यी सब कुराको असर हाम्रो शरीर र मस्तिष्कमा परिरहेको छ । शरीर र मस्तिष्क कमजोर हुँदै जाँदा रोगहरूले हामीलाई गाँज्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here