प्रस, वीरगंज, १ फागुन/
नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्दा उपहारस्वरूप एक तोला सुन पाउन सकिने भएको छ ।
सोही कार्यक्रम अनुसार एप प्रयोग गरी माघ २७ गते आयोजित कार्यक्रमका विजेता राज केसीलाई एक तोला सुन उपहार दिएको मधेस प्रदेश कार्यालयका प्रमुख शिवराम मिश्रले जानकारी दिएका छन् ।
सो बैंकको बिर्तास्थित कार्यालयमा आयोजित कार्यक्रममा शाखा प्रमुख होमनाथ दाहाल, आदर्शनगर शाखा प्रमुख रामबाबूकुमार पटेल, सहायक शाखा प्रबन्धक प्रतीक्षा सिंह, मधेस प्रदेश कार्यालय प्रबन्धक सुनील घिमिरे, उपप्रबन्धक दीपेन्द्रकुमार झा, माईस्थान शाखा प्रमुख मधुशरण मण्डल, श्रीपुर शाखा प्रमुख शैलेन्द्र महतोलगायत सहभागी थिए ।
नेपाल बैंक लिमिटेडले अयोजना गरेको उपहार कार्यक्रम विजेता राजु केसीले अन्य बैंक जस्तो नेपाल बैंकले पनि एप ल्याएको र सो एप प्रयोग गरेबापत आफूले सफलता पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा उपहार विजेता केसीले सबैलाई कनेपाल बैंकको एप प्रयोग गर्न सुझाव
दिए ।