प्रस, वीरगंज, २९ माघ/

जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताहरूले वीरगंजका प्रमुखविरुद्ध प्रदर्शन गरेका छन् । वीरगंज–१५ लक्ष्मनवास्थित स्वास्थ्य चौकी उद्घाटन गर्न गएको बेला नगरप्रमुख विजयकुमार सरावगीविरुद्ध प्रदर्शन भएको हो ।

उपेन्द्र यादव सङ्घीय सरकारको स्वास्थ्यमन्त्री हुँदा पार्टीको पहलमा आएको बजेटबाट निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा नगरप्रमुख सरावगीले कार्यकर्ताहरूलाई बाइपास गरेको आरोप लगाउँदै विरोध जनाइएको जसपाका कार्यकर्ताहरूले बताएका छन् ।

विरोधमा उत्रेका कार्यकर्ताहरूले नगरप्रमुख सरावगीलाई स्वास्थ्य चौकीको मूल गेटमैं रोकेका थिए । त्यहाँ केहीबेर नगरप्रमुख पक्षका नेता, कार्यकर्ता र विरोध प्रदर्शन गर्नेहरूबीच तानातानसमेत भएको थियो ।

तानातानकै बीच सुरक्षाकर्मीहरूले नगरप्रमुख सरावगीलाई भित्र प्रवेश गराएका थिए । त्यसपछि विरोध प्रदर्शनमा उत्रेका कार्यकर्ताहरूले विभिन्न नारा लगाउँदै विरोध जनाएका थिए । नगरप्रमुख सरावगीले पार्टीभित्रका उच्छृङ्खल तŒवहरूले आफूविरुद्ध सुनियोजित ढङ्गले विरोध कार्यक्रम राखेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here