प्रस, गरुडा, २९ माघ/

रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा तेस्रो मधानी महायज्ञ २०७८ फागुन १७ मा हुने भएको छ । मौलापुर नगरपालिका–५ पतौरास्थित पुराताŒिवक महादेव मन्दिर परिसरमा हुने मधानी महोत्सवमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओली, नेपाली सिनेमाका महानायक राजेश हमाल र भोजपुरी सिनेमाका चर्चित नायक तथा गायक खेसारीलाल यादव आउने निश्चित भएको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले बताइन् ।

नगरपालिकाद्वारा पुराताŒिवक महादेव मन्दिर परिसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख साहले देश र विदेशमा चर्चित बन्दै गएको पुराताŒिवक महादेव र मधानी महोत्सवको तेस्रो संस्करण विशिष्ट हुने भएकोले सबैलाई सहयोगको लागि आग्रह गरेकी छन् ।

नेपाल सरकारको १०० महŒवपूर्ण पर्यटकीय गन्तव्यमा परिसकेको पुराताŒिवक महादेव स्थानमा आयोजित पहिलो मधानी महोत्सव–२०७६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहभागिता थियो । हरेक वर्ष नेपाली तथा भोजपुरी विशिष्ट कलाकारहरूको उपस्थितिमा हुने गरेको मधानी महायज्ञमा नेपालका वरिष्ठ नेता तथा नेपाली र भोजपुरी सिनेमाका चर्चित कलाकारहरूको सहभागिता रहने बताइएको छ ।

करीब डेढ दशकअघि खासै चर्चामा नरहेको पतौरास्थित पुराताŒिवक महादेवस्थललाई पर्यटकीयस्थल बनाउन प्रभु साहको ठूलो भूमिका रहेको छ । मौलापुर नगरपालिका गठन भएपछि नगरपालिकाले एउटा विशिष्ट उत्सवको रूपमा मधानी महोत्सव मनाउन थालेको छ । मधानी महोत्सवको बारेमा पनि बिस्तारै देश र विदेशमा चर्चा हुन थालेको छ । बोलबम कामरनाथुले गर्ने भगवान् शिवको विवाहको विशेष यज्ञहरूको उत्सव नै मधानी हो ।

मधानीमा कामरनाथुहरूले सम्पूर्ण यज्ञ गर्ने गर्दछन् । मुख्यतः बारा जिल्लाको पूर्वी भाग र रौतहटदेखि सर्लाहीको पश्चिमी भागसम्म प्रचलनमा रहेको मधानी महायज्ञ यस क्षेत्रको भौगोलिक विशिष्टताको पर्वको रूपमा रहेको छ । मौलापुर नगरपालिकाले मधानी महोत्सवको प्रवद्र्धन गरेको छ ।

मधानी महोत्सवको अवसरमा मौलापुर स्मार्टसिटीको भूमिपूजन, अष्टयाम यज्ञ, शिवचर्चाका साथै नेपाली र भारतीय चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले बताए ।
मधानी महोत्सवमा लाग्ने मेलामा सबै किसिमका पसल, व्यवसाय, खेलतमाशाका आयोजकहरूबाट कुनै किसिमको कर नलिइने भएकोले व्यापारीहरूको पनि आकर्षण बढेको छ ।

पुराताŒिवक महादेव मन्दिरका पुजारी मोसाफिर साहले फर्निचर मेला लगाउनको लागि फर्निचर व्यवसायीहरूले जग्गा र सुरक्षाको माग गरिरहेको बताएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आवश्यकता अनुसार जमीन र सुरक्षा नगरपालिकाले उपलब्ध गराउने बताएका छन् ।

मधानी महायज्ञमा नेपाल र भारतका करीब एक सय साधुसन्तहरूको सहभागिता रहने पुजारी साहको भनाइ छ । पत्रकार सम्मेलनमा नगर उपप्रमुख गौरीशङ्कर साह, नगर शिक्षा शाखा प्रमुख चन्देश्वर साह, बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश साह, नेकपा एमाले रौतहट अध्यक्ष त्रिभुवन साहसहित विभिन्न वडाका अध्यक्ष, नगरपालिकाका कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।

मधानी महोत्सव–२०७८ को लागि पुराताŒिवक महादेव मन्दिरलाई सजाउने काम शुरू भइसकेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here