प्रस, वीरगंज, २५ माघ/

बाराकी एक विधुवा महिलाले बच्चा जन्माएपछि अहिले बारा प्रहरीको टाउको दुखाइ भएकोे समाचार प्राप्त भएको छ । अपाङ्गता भएका ती महिलालाई सोही ठाउँ निवासी एक युवकले विगत सात वर्षदेखि शारीरिक शोषण गर्दा उनले दुई दिनअगाडि वीरगंजको प्रभु हस्पिटलमा बच्चा जन्माएको समाचार छ ।

आदर्शकोतवाल गाउँपालिका–१ चिउटाहा निवासी हरेराम कुशवाहाले ती महिलालाई शोषण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन् । हाल सो महिला वीरगंजमा रहेको मानवसेवा आश्रमको संरक्षणमा रहेकी छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार बारा प्रहरीले ती महिलालाई चार दिन अगाडि पत्रसहित मानवसेवा आश्रम वीरगंजको जिम्मा लगाएको थियो । दुई दिनअगाडि ती महिलालाई व्यथाले चापेपछि सोही दिन नारायणी अस्पतालमा पु¥याएपछि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि प्रभु हस्पिटलमा पठाएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार ती महिलाको नर्मल प्रसव भएपछि उनले छोरी जन्माएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।

शारीरिक शोषण गर्ने कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दा दर्ता भई खोजी कार्य शुरू भएको प्रहरीको भनाइ छ । तर स्थानीयका अनुसार पीडक अहिले पनि गाउँमा बस्दै आएको तर प्रहरीले उसलाई दबाबमा पक्राउ गर्न नसकेको जानकारी दिएका छन् ।

केही वर्षअगाडि ती महिलाका पतिको मृत्युपश्चात् गाउँका ती युवकले शारीरिक शोषण गर्दै आएका थिए । गाउँमा सम्पत्तिले धनी ती युवकको परिवार तथा राजनीति संरक्षणका कारण उनलाई बारा प्रहरीले पक्राउ गर्न नसकेको आरोप गाउँलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here