धर्मेन्द्र चौरसिया, पोखरिया, २४ माघ/

पर्सा जिल्लाका चौधवटै पालिकामा सोमवारदेखि कोरोनाविरुद्धको खोप लागिरहेको स्वास्थ्य कार्यालय, पर्साका निमित्त प्रमुख नवलकिशोर साहले बताए ।

उनले वैशाख २०–२२ गतेसम्म वीरगंज महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा खोप लगाइएको र बाँकी १३ वटा पालिकामा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खोप लगाउने कार्य शुरू भएको बताए । उनले महानगरका १७ देखि ३२ वडा र १३ वटा पालिकामा यो उमेर समूहका बालबालिकाहरूलाई मोडर्ना खोप लगाइरहेको बताए । पालिकाहरूमा २६ गतेसम्म यो खोप लाग्ने उनले बताए ।

महानगरपालिकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई लगाइएको खोपको तथ्याङ्क प्राप्त नभएको उनले जानकारी गराए । पर्सा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरूको लागि प्रदेश सरकारले ७८ हजार मात्रा मोडर्ना खोप स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here