• शुकदेवप्रसाद चौरसिया

क) पृष्ठभूमि ः कोरोना अति सङ्क्रामक सरुवा रोग हो । यसको जन्म सन् २०१९ डिसेम्बर ३१ का दिन चीनको वुहान भन्ने ठाउँमा भएको थियो । यसको वास्तविक नाम कोभिड–१९ हो । जन्मने बित्तिकै उग्ररूप लिएर विश्वभरि तहल्का मचाउँदै फैलियो । यसको रोकथाम गर्ने कुनै खासै औषधि र खोप नभएका कारण सम्पूर्ण जनमानसमा भय र त्रासको वातावरण सिर्जना हुन थाल्यो ।

१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्ने, सर्दी हुने, नाकबाट पानी खस्ने, दम फुल्ने, सास फेर्न गा¥हो हुने, टाउको दुख्ने, थकाइ लाग्ने, खान मन नलाग्ने, खानाको स्वाद नआउने, वस्तुको गन्ध नआउने, फोक्सोमा प्राणवायु अक्सिजनको मात्रा घट्दै जाने, निमोनिया हुने, पटक–पटक हाछ्यूँ आउने, वाकवाकी लाग्ने, जीउ दुख्ने, रोग प्रतिरक्षा शक्ति घट्दै जाने, अन्य रोगहरू पनि लाग्न सक्ने बढी सम्भावना बढ्ने र अन्त्यमा मृत्यु पनि हुन सक्ने देखिन्छ ।

रोगी, रोगीका परिवारजन, रोगीका कुरुवा र उपचारमा खटिएका चिकित्सकलाई समेत यो रोग सर्ने भएकोले चौतर्फी डर, भय र त्रासको वातावरण सिर्जना भएको छ । यसबाट बच्न रोगीको सम्पर्कमा नजाने, जानु परे मास्क लगाउने, हात साबुन–पानीले मिचीमिची धुने, सेनिटाइजर लगाउने, हाछ्यूँ गर्दा नाक–मुख रुमालले छोप्ने, घरभित्रै बस्ने, बाहिर जाँदा सतर्कता अपनाउने, भीडभाडमा नजाने, दुई मिटरको सामाजिक दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने, कफ्र्यू र लकडाउन नियमको पालना गर्नुपर्छ ।

त्यस्तै, तातोपानी पिउने, भोजभतेर विवाह, सभा, समारोहजस्ता भीडभाड हुने कार्यक्रम नगर्ने, तुलसीको पात, बेसार, नून, अदुवा, गुर्जो, मरिच, कागतीको रस पिउने, मृतक रोगीको शरीर होशियारीपूर्वक व्यवस्थापन गर्ने, सार्वजनिक सवारीसाधनको प्रयोग नगर्ने र कोरोनाको लक्षण देखा पर्नेबित्तिकै अस्पताल जानुपर्छ ।

दिनहुँ रेडियो, एफएम, टेलिभिजन, पत्रपत्रिकाले जनचेतना जगाउँदै छन् तर यसको बावजूद पनि रूढिवादी सोच, सङ्कीर्ण विचार, अन्धविश्वास र मलाई केही हुन सक्दैन भन्ने सोचाइ राख्नेहरू यस रोगबाट बढी ग्रसित भएका छन् ।

दैनिकरूपमा विश्वभरि हजारौं मानिस मृत्यु भएको खबरले झन् जनमानसमा भय–त्रासको वातावरण सिर्जना भएको देखिन्छ । रोगको लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम अस्पतालमा भर्ना हुने, एकल बास बस्ने, नियमित औषधिको सेवन गर्नुपर्छ ।

कोरोनाको नाउँमा यतिबेला कमाउनेहरू सक्रिय भएका छन् । महामारीको बेलामा सेवाभाव हुनुपर्नेमा व्यापारीहरूले मालसामानको भाउ बढाएर लुटेका छन्, अस्पताल, क्लिनिक, औषधिपसल, औषधि उद्योग, उपकरण, एम्बुलेन्सले बिरामीहरूलाई ठग्न छाडेका छैनन् । जनता, गरीब, असहाय, दरिद्र, ज्याला गरी बाँच्ने मानिसहरूले यतिबेला सास्ती भोग्नुपरेको
छ । कोरोनाको समयमा राहत सामग्री भनेर जनप्रतिनिधिहरूले आफ्नो आसेपासेलाई बाँड्ने गरेका छन् ।

ख) शैक्षिक ¥हासका कारणहरूः यस्तो सङ्क्रामक भयावह, प्राणघातक रोगको कारण हरेक क्षेत्र पछाडि परेको छ । जनधनको अपूरणीय क्षति भएको छ । त्यसमध्ये सबैभन्दा बढी विद्यार्थीहरूले घाटा बेहोर्नुपरेको छ । कोरोनाले सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, धार्मिक, पर्यटन, शैक्षिक आदि सबैलाई क्षेत्रलाई धराशयी गरेको छ ।

भनिन्छ– ‘समय र ज्वारभाठाले कसैको प्रतीक्षा गर्दैन ।’ समय, खोला र बगरमा पानी बगे जस्तै बगिरहन्छ । यस महामारीका बेला अध्ययनरत विद्यार्थीहरू लकडाउन र बन्दका कारण विद्यालय, कलेज, ट्यूशन, कोचिङ सेन्टर जस्ता शैक्षिक संस्थाहरू बन्द हुँदा विद्यार्थीहरूको अध्ययनमा नराम्रो प्रभाव पारेको छ । शैक्षिक क्षेत्रमा ¥हास हुनुका निम्न लिखित कारणहरू यस प्रकार छन्ः

१) कफ्र्यू, लकडाउन र बन्द हुनु,
२) विद्यालय, कलेज, कोचिङ र ट्यूशन जस्ता शौक्षिक संस्थाहरू ठप्प हुनु/बन्द हुनु,
३) तोकिएको परीक्षा समयमा नहुनु,
४) अन्तरिक मूल्याङ्कनबाट कक्षा उकास्नु,
५) छोराछोरीको लागि घरमा शैक्षिक वातावरणको सिर्जना गर्न नसक्नु,
६) विद्याथीहरूले बन्दका समयमा पाठ्यपुस्तक, कापी, कलम र अन्य शैक्षिक सामग्री पाउन नसक्नु,
७) शिक्षाको स्रोत विद्यालय, शिक्षक र पुस्तकबाट विद्यार्थीहरू सम्पर्कविहीन हुनु,
८) विद्यार्थीहरूमा निराशाको भावना जागृत हुनु,
९) विद्यार्थीहरूमा रोग लाग्ने डर उत्पन्न हुनु,
१०) सबैको घरमा इन्टरनेट, एफएम, मोबाइल, टेलिभिजनको पहुँच नहुनु,
११) माथिका प्राविधिक सुविधाहरू घरमा उपलब्ध भएपनि चलाउने ज्ञान नहुनु,
१२) अनलाइन कक्षा नहुनु
१३) विद्यार्थीको स्वास्थ्यको प्रत्याभूति नहुनु,
१४) पाठ्यपुस्तकको पढाइ अधूरो रहनु,
१५) घरमा बस्दाबस्दा मन आजित हुनु,
१६) ल्याब, प्राक्टिकल कक्षा र टिचिङ प्राक्टिसबाट विद्यार्थी वञ्चित हुनु आदि हुन् ।

ग) शैक्षिक सुधारका उपायः

पूर्वजहरूले भनेका थिए, “अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ जोगाउनु ।” पानी परेन, खडेरी प¥यो, खेतीपाती हुन सकेन, त्यस्तो आपत्को बेला सबै अन्न खाएर पनि बीउलाई जोगाएर राख्नुपर्दछ, त्यस्तै महामारी आयो भने रोग उग्ररूप लिएर फैलिन्छ, हजारौं मान्छे मर्छन्, त्यस्तो विपद्को घडीमा ज्यान जोगाउनुपर्छ । आज एउटा देश र राज्यलाई विपद् परेको होइन, सारा विश्व नै कोरोनाको चपेटमा परेको छ । यसबीच दैवी विपत्हरू जस्तैः आगलागी, बाढी, पहिरो, भूकम्प, ज्वालामुखी, युद्धले झनै चुनौती थपिदिएको छ । यस्तो भयावह अवस्थामा बन्द, कफ्र्यू र लकडाउनको बेला आफ्नो स्वास्थ्य, शरीर र छोराछोरीहरूलाई बचाउनुका साथै उनीहरूको शैक्षिक अवस्था निम्न उपाय अपनाएर सुधार गर्न सकिन्छः ।

१) शैक्षिक कार्यतालिका बनाइ कोठाभित्र झुन्ड्याउने र सोको अनुसरण गर्ने,
२) घरभित्र मनोरञ्जनात्मक खेल चेस, लुडो, क्यारेम बोर्ड, गीत–सङ्गीतको समयावधि किटान गर्ने,
३) पढाइको सिलसिलामा कठिन परे समस्या समाधान गर्न स्रोत साधनको खोजी इन्टरनेट, फोनबाट गर्ने,
४) परीक्षातिर ध्यान नपु¥याइ आफ्ना ज्ञान हासिल गर्नेतिर बढी अग्रसर हुने,
५) कापी, कलम, पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्रीको उचित व्यवस्थापन गर्ने,
६) अनलाइन क्लासको लागि घरमा मोबाइल, ल्यापटप, कम्प्युटर र इन्टरनेटको व्यवस्था मिलाउने,
७) अभिभावक वा अन्य सदस्य सक्षम भए घरमैं ट्यूशनको व्यवस्था मिलाउने,
८) पाठयपुस्तकबाहेक खेलकूद, चित्रकला, हाजिरीजवाफ, गीत–सङ्गीत, प्रवचन, वादविवाद, श्रुतिलेखन, नाटक, अनुलेखन, वाचन, हस्तकला जस्ता अतिरिक्त क्रियकलाप गर्ने, गराउने,
९) आफ्ना छोराछोरीहरूले कतिसम्म याद गरे, कति सिके, के सिक्न बाँकी छ, के गरे अझ प्रभावकारी हुन्छ, यसको जानकारी लिने र कमीकमजोरी देखिए उनीहरूलाई पिट्नुको सट्टा सम्झाउने, प्रेरणा जगाउने, प्रशंसा गर्ने, कथा, घटना प्रसङ्ग सुनाउने, स्याबासी/पुरस्कृत गरी गरी अभिभावकले बालबालिकाको मनोबल बढाउनुपर्छ,
१०) शिक्षक र विद्यार्थीलाई अनिवार्य खोप लगाउने ।
घ) निष्कर्षः अन्त्यमा माथि शिक्षाको सुधार गर्ने प्रक्रिया हामीले अवलम्बन ग¥यौं भने अवश्य नै शिक्षामा सुधार हुन्छ ।

(लेखक रा.रा.चौरसिया मावि, झौवागुठी, पर्साका शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here