अफगानिस्तान, २३ माघ/एएनआई

पछिल्लो चार महीनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ । टोलो न्युजका अनुसार अधिकांश आप्रवासी सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एउटा निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

“समस्या सबैसामु स्पष्ट छ । त्यहाँ गरीबी, बेरोजगारी छ, र युवाहरूको लागि शैक्षिक अवसर छैन”–टोलो न्यूजले उनलाई उधृत गर्दै भन्यो । “म बाहिर जान चाहन्छु किनभने म मेरा छोराछोरी – दुई केटा र दुई छोरीको राम्रो वातावरणमा पढाइ जारी राख्न चाहन्छु”– उनले थपे ।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको बताएका छन् ।
हेरात प्रान्तका धेरै यात्रु, यातायात उद्योगका प्रमुखहरूले भने अनुसार, इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन् । तीमध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एउटा यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने– “हामी काबुलबाट हरेक दिन साढे तीन हजारदेखि चार हजार मानिसलाई कन्धार, निमरोज र हेरात प्रान्त लैजान्छौं ।
न्युयोर्क टाइम्सले यस क्षेत्रको सामूहिक आप्रवासनले युरोपमा २०१५ को आप्रवासी सङ्कटको पुनरावृत्ति गराएजस्तै चिन्ता बढाएको छ ।

त्यति बेला १० लाखभन्दा बढी मानिस, प्रायः सिरियालीले युरोपमा शरण खोजेका थिए ।
यद्यपि धेरैले तत्काल आर्थिक सङ्कटका कारण, देश छाड्ने छनोट गरेका हुन् । तालिबान शासनमा महिलामाथि प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ । त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थितिबारे थप चिन्ता व्यक्त गरेका छन् ।

“इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभावजस्ता विभिन्न चुनौतीको सामना गरिरहेका छन् । शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छ”– शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने ।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्ने प्रयास भइरहेको बताएको छ । इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने–“इस्लामिक इमिरेट्सको तथ्याङ्कले अफगानिस्तानबाट दैनिक १,५०० देखि २,००० मानिस इरान जाने गरेको देखाएको छ ।” इरान प्रवेश गर्ने धेरै आप्रवासी टर्कीस सीमा पार गरेर युरोपमा शरण लिन खोजिरहेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here