प्रस, बिरुवागुठी, २२ माघ/

पर्सागढी नगरपालिकालगायत पर्साको ग्रामीण भेगमा घरपालुवा पशुपक्षीमा रोगको प्रकोप देखा परेको छ । किसानहरूले पालेका घरपालुवा कुखुरा, हाँस, परेवामा रोगको प्रकोप देखा परेको हो ।

किसानहरूले पालेका कुखुराहरू झोक्राउने, दानापानी नखाने, ख्यारख्यार गर्ने, श्वासप्रश्वासमा समस्याका साथै छाला तथा शिर कालो भई मर्ने गरेको पर्सागढी नगरपालिका– ३ निवासी कुखुरापालक इनरमती देवीले बताइन् । उनले पालेको गिरिराज जातको ४० वटा कुखुरामध्ये रोगको लक्षणका कारण १२ वटा कुखुरा मरेको बताइन् ।

यसैगरी, पर्सागढी नगरपालिकाका विभिन्न स्थानमा यही रोगबाट कुखुराहरू मरेको किसानहरूले बताएका छन् ।

त्यस्तै, पर्सागढी नगरपालिका–४ निवासी ब्रह्मदेव चौधरीले पालेको हाँस र परेवा खोरमैं मरेको उनले बताए ।

पशुसेवा केन्द्र पर्सागढीका प्रमुख इन्द्रकुमार झाले पर्सागढी नपालगायत ग्रामीण भेगमा एक सातायता कृषकहरूले पालेका कुखुरा, हाँस, परेवामा सरुवा भाइरस रोग देखा परेको बताए । उनले घरपालुवा कुखुरा र हाँसमा सातदेखि आठ किसिमका खोप लगाउनुपर्नेमा कृषकहरूले घरपालुवा कुखुरा र हाँसमा खोप नलगाउने गरेका कारण माघदेखि फागुन महीनासम्म सरुवा रोग देखा पर्ने बताए । उनका अनुसार घरपालुवा कुखुरा र हाँसलाई खुला ठाउँमा नछाड्ने र रोगको लक्षण देखिने बित्तिकै नियोडेक्स बोलस, यन डक्स टेट्रामिन औषधि पशु प्राविधिकको सल्लाह अनुसार खुवाउन किसानहरूलाई सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here