चीन (बेइजिङ), २२ माघ/एएनआई
चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रवार बेइजिङ शीतकालीन ओलम्पिक शुरू हुनुअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षले चीन–रूस सम्बन्ध, अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दामा गहन विचार आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको जनाइएको छ ।
राष्ट्रपति सीले पुटिनको भ्रमणलाई शीतकालीन ओलम्पिकका लागि गेट टुगेदर गर्ने प्रतिबद्धताको रूपमा वर्णन गरेका हुन् । उनले शुक्रवारको वसन्त पर्व बैठकले चीन–रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास व्यक्तसमेत व्यक्त गरेका छन् ।
गहिरो र जटिल विकासले भरिएको अन्तर्राष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन–रूसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बावजूद बनाउन, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिए ।
सीले रूससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिएका छन् ।
उनले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताएका छन् ।
युरेशियन महादेश, विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिएको बताइएको छ ।
विगत दुई दशकमा साङ्घाई सहयोग सङ्गठनले गरेको असाधारण यात्रा र अन्तर्राष्ट्रिय समुदायमा महŒवपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रूससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
सो अवसरमा दुई नेताबीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड–१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, रूसका राष्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणमा उपस्थित हुन पाउँदा खुशी व्यक्त गरेका छन् ।
“मलाई विश्वास छ, सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछ,” पुटिनले भने । म खेलमा रूसी र चिनियाँ खेलाडीको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु ।
राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान् विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाइ दिए ।
सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीलाई खेलकूदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरे ।
उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी)का खेलाडीले बेइजिङ राष्ट्रिय रङ्गशालामा मार्च गरेका थिए ।
बेइजिङ राष्ट्रिय रङ्गशाला वा बड्र्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ ।