प्रस, सेढवा, २१ माघ/

बिहीवार रातिदेखि परेको बेमौसमी वर्षाले हिउँदेबालीमा क्षति पुगेको छ भने केही बालीलाई फाइदा पनि पुगेको छ ।

वर्षाका कारण दलहन तथा तेलहन बालीलाई क्षति पुगेको किसानले बताएका छन् । रबीबाली अन्तर्गत पर्ने मुसुरो, आलस, खेसारी तथा रहर बालीको फूल फुलिरहेका बेला मेघ गर्जिंदा दाना नलाग्ने किसानहरूले बताएका छन् । यी बाली फुल्ने समयमा मेघ गर्जिंदा बालीको फूल झर्ने हुँदा दाना नलाग्ने किसानहरूले बताएका छन् ।

वर्षाका कारण उखेलिएका तोरीबालीमा क्षति पुगेको छ । उखेलिएका तोरीबालीमा पानी पर्दा तोरीका दाना उम्रिने तथा कुहिने सम्भावना छ । कतिपय किसानहरूले सुकाउन राखिएको तोरी प्लास्टिकले छोपेर राखेकाले घाम लागेको बेला तोरी जोगाउन सकिने बताएका छन् ।

गहुँलगायत अन्य बालीमा पानीले फाइदा पुगेको छ । जीराभवानी गाउँपालिका–२ सेढवाका किसान अमृत चौधरीले गहुँबालीको गाभा पलाइरहेको बेला वर्षाले फाइदा पु¥याएको बताए । वर्षापछि युरिया मल छर्दा बालीको उत्पादन बढ्ने किसान चौधरीको भनाइ छ । यसका साथै तरकारी, सुर्ती र मकैबालीमा पनि वर्षाले फाइदा पुगेको किसानहरूले बताएका छन् ।

आलुखेतीलाई भने वर्षाले क्षति पु¥याएको छ । आलु भिœयाउने बेलामा पानी परेपछि चीसोले आलु कुहिन सक्ने किसानहरूले बताए । अबका केही दिनमा आलु भिœयाउन सके न्यून क्षति हुने उनीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here