• समीर पाख्रिन

उषाले फर्केर एक थप्पड प्रीतमको गालामा लगाउँछे । यतिञ्जेल होटलमा रमिता हेर्नेको भीड लागेको छ । अहिले उषा सबैको अघि बेइज्जती हुनुपरेकीमा प्रीतमप्रति आक्रोशित देखिन्छे । अहिले उषा सडकपेटीमा अघिअघि र प्रीतम पछिपछि देखिन्छन् । प्रीतमले उषालाई फकाउने हर प्रयास गरिरहेको छ ।

प्रीतमः उषा, आई एम भेरी सरी ।
उषाः सटअप् १ तिमी एक नम्बरको धोकेबाज र फटाहा रहेछौ । प्रेमको नाटक रचेर दुनियाँको अघि मेरो बेइज्जती ग¥यौ होइन त ?

प्रीतम ः उषा, प्लीज मलाई गलत नठान । म तिमीलाई चोखो माया गर्छु ।
माईस्थान गलीको झिगु पत्रिकापसलबाट एक प्रति गोरखापत्र किनेर अङ्कित गोपाल मिष्ठान्न भण्डारतिर बढ्छ । आज आफूले जागीर पाएको खुशीको खबर सुनाउन र गोपाल मिष्ठान्न भण्डारमा उषालाई डोसा खुवाउन फोन गरेर बोलाउने उसले सोच बनाएकोले ऊ माईस्थानचोकतिर आइरहेको हुन्छ । यता उक्त घटनाबाट विक्षिप्त उषा रिक्शा चढेर डेरातर्फ जान लागेकी देखेपछि प्रीतम पनि चरम आवेगमा त्यहाँबाट बाइक चढेर प्रस्थान गर्छ । अङ्कित गोपाल मिष्ठान्न भण्डारमा प्रवेश गर्छ र काउन्टरनजीकैको कुर्सीमा बस्छ । उसले वेटरलाई एउटा कफी अर्डर दिन्छ र पहिले हातको गोरखापत्रको पाना पल्टाएर हेर्छ । ऊ बैंकको सूचनामा आफ्नो नाम देखेपछि खुशीले गद्गद् हुन्छ । यत्तिकैमा वेटरले एक कप कफी ल्याएर मेचमा राखेर
जान्छ । अङ्कित कफी पिउँदै उषालाई फोन लगाउन खल्तीबाट मोबाइल झिक्छ ।

अङ्कित ः उषा कहाँ छे कुन्नि ? फोन नै उठिरहेको छैन । मैले जागीर पाएको थाहा पाई भने खुशीले बुर्लुक्क उफ्रन्छे होली ।

अङ्कितले उषालाई फोन लगाउँछ । काउन्टरमा भएको उषाको मोबाइलमा घण्टी बज्छ । नजीकै घण्टी बजेको सुनेर अङ्कित सशङ्कित बन्छ । उसले फोन काटेर फेरि लगाउँछ । फेरि उसैगरी काउन्टरमा घण्टी बजेको सुनेपछि ऊ जुरुक्क उठेर काउन्टरमा पुग्छ ।

साहुजी, तपाईंको मोबाइलमा मेरो कल कसरी गइरहेछ ? एकचोटि चेक गर्नुस् त ।
साहुजी ः यो मोबाइल मेरो होइन । एकजना ग्राहकले उसको यो गिफ्ट प्याकेट र मोबाइलसँगै छाडेर गएकी छे ।
अङ्कितः के म त्यो गिफ्ट पाकेट हेर्न सक्छु ?

साहुजी ः स्योर लिनुहोस् । (दिन्छ)
प्याकेटको ट्यागमा “हैप्पी बर्थ डे डियर लभिङ उषा–फ्रम प्रीतम” लेखिएको हुन्छ । ट्याग पढेर अङ्कित स्तब्ध हुन्छ । उसलाई चिट्चिट् पसिना आएको छ । अङ्कितको खुशी उमङ्ग एकै झट्कामा गायब भएको छ । उसको अवस्था देखेपछि होटल साहुजीले अङ्कितलाई सम्पूर्ण घटना विवरण सङ्क्षेपमा सुनाउँछ । घटना विवरण सुनेपछि अङ्कितलाई चक्कर लागेजस्तो हुन्छ र ऊ दुवै हातले टाउको थामेर मेचमा थचक्क बस्छ र मूर्तिवत् हुन्छ । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here