• सञ्जय मित्र

अनादिकालदेखि विभिन्न देवदेवीको पूजा हुँदै आएको छ । साँच्चै विश्वमा प्रचलनमा रहेका जुनसुकै पनि धर्म वा धार्मिक समुदायलाई विचार गर्ने हो भने धर्मको नाम फरक र पूजाको पद्धति फरक होला तर त्यसमा श्रद्धा भने पाइन्छ नै । अहिलेसम्म ज्ञात धर्ममा सबैभन्दा प्राचीन हिन्दू धर्मलाई मानिएको छ र यस धर्ममा धेरै देवदेवीको पूजा अनादिकालदेखि हुँदै आएको छ ।

आज सरस्वती पूजा हो । सरस्वतीको पूजा विभिन्न नाममा गरिन्छ । मूलतः हिन्दू धर्मावलम्बीले आजको दिन सरस्वती पूजा गर्दछन् । सरस्वतीको पूजा माघ महीनाको शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी वा वसन्त पञ्चमीको दिन गर्ने चलन छ । सरस्वती देवीको पूजा जुन कारणले गरिन्छ, सोही कारणले अन्य धर्ममा पनि अन्य नामले यी देवीको पूजा गर्ने परम्परा रहेको पाइन्छ । उदाहरणको लागि जैन धर्ममा श्रुतदेवी भनेर पूजा गरिन्छ ः

बारह अंगंगिज्जा वियलिय–मल–मूढ–दंसणत्तिलया ।
विविह–वर–चरण–भूसा पसियउ सुयदेवया सुइरं ।।
(षट्खण्डागम–धवला, भाग १)

यसैगरी जैन ग्रन्थ प्रतिष्ठासारोद्धारमा यो श्लोक लेखिएको छ ः
वाग्वादिनी भगवती सरस्वती, ह्रीं नमः इत्यनेन मूलमन्त्रेणवेष्टयेत् ।
ओं ह्रीं मयूरवाहिन्यै नमः, इति वाग्देवतां स्थापयेत् ।।

विभिन्न धर्ममा सरस्वती देवी र यस नामसित मिल्दो नाम तथा गुणसित मिल्ने देवीको पूजा विभिन्न तिथिमा गरिने गरिएको पाइन्छ । जस्तो कि कतिपय धर्ममा जेठ शुक्ल पञ्चमी र कतिपय धर्ममा कात्तिक शुक्ल पञ्चमीमा पनि यस्तै वाणीकी देवीको पूजन गर्ने परम्परा रहेको छ ।

विभिन्न धर्ममा सरस्वतीको विभिन्न नाम रहेको पाइन्छ । यद्यपि सरस्वतीको सो¥ह नाम रहेको सम्बन्धमा एउटा श्लोक नै प्रचलित छ । यथा ः
प्रथमं भारती नाम द्वितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थ हंसवाहिनी ।।
पञ्चमं विद्वषां माता षष्ठं वागीश्वरी तथा ।
कुमारी सप्तमं प्रोक्ता अष्टमं ब्रह्मचारिणी ।।
नवमं च जगन्माता, दशमं ब्राह्मिणी तथा ।
एकादशं तु ब्रह्माणी, द्वादशं वरदा भवेत् ।।
पञ्चदशं श्रुतदेवी, षोडशं गौनगद्यते ।।

सरस्वतीका यत्ति नै नाम हुन् भन्न खोजिएको होइन । विभिन्न सन्दर्भमा सरस्वतीलाई ब्राह्मणी, गायत्री, दुर्गा, शक्ति, वागेश्वरी, वाणीश्वरी, बुद्धिदात्री, सिद्धिदात्री, आदि पराशक्ति, जगज्जननी, भारती, शारदा, हंसवाहिनी, भगवती सावित्री, ब्रह्मचारिणी, वरदायिनी, चन्द्रघण्टा, भुवनेश्वरी, भगवती, जगदम्बा नामले बोलाइन्छ । यसैगरी कतिपय सन्दर्भमा श्वेताम्बरी, श्वेता, ब्रह्मावल्लभा, शिवभगिनी आदि नामले पनि रहेका छन् सरस्वतीका । साथै विद्यादायिनी, वीणाधारिणी, पुस्तकधारिणी, ज्ञानदायिनी, वागीश्वरी, वाग्दात्री र अन्य नाम पनि प्रचलनमा रहेका छन् ।

कान्तिपुरमा त सरस्वतीलाई मञ्जुश्रीको नामले पनि पूजन हुने गरेको सुनिन्छ । यद्यपि बौद्ध धर्ममा भने सरस्वतीलाई अनेक रूपमा पूजन गर्ने गरिएको उल्लेख पाइन्छ । विभिन्न बौद्ध ग्रन्थमा महासरस्वती, वङ्कावीणा, वङ्काशारदा सरस्वती, आर्य सरस्वती, वङ्का सरस्वती आदि रूप वा नामको वर्णन पाइन्छ ।

हिन्दू धर्मका अनेक शास्त्रमा सरस्वतीको विषयमा चर्चा र उल्लेख पाइन्छ । ब्रह्मवैवर्त पुराण, स्कन्द पुराण, गणेश पुराण, विष्णु पुराण, देवी भागवत पुराण, शिव पुराण, कालिका पुराण, तन्त्र चुडामणि, सरस्वती उपपुराणका साथै अन्य विभिन्न पुराणसहित रामायण र महाभारतमा पनि सरस्वतीबारे प्रसङ्गहरू रहेका छन् । यसैगरी वेद र उपनिषद्मा पनि सरस्वतीबारे उल्लेख गरिएको पाइन्छ ।

हिन्दू शास्त्रहरूले विभिन्न देवताहरूसित सरस्वतीको विभिन्न रूपको सम्बन्ध उल्लेख गरेका छन् । मन्त्र तथा श्लोकहरूमा सरस्वतीलाई ब्रह्माकी छोरी वा कतै बह्माकी पत्नीको रूपमा स्वीकार गरिएको पाइन्छ भने कतै शिवकी बहिनी पनि मानिएको देखिन्छ । भगवान् विष्णुसित पनि सरस्वतीदेवीको सम्बन्ध रहेको देखिन्छ । के भनिन्छ भने सरस्वतीको निवास सत्यलोकमा रहेको छ । सत्यलोकमा सरस्वती एक्लै निवास गर्दछिन् । र ब्रह्मलोक पनि सरस्वतीको निवास हो । ब्रह्मलोकमा ब्रह्मा अर्थात् ब्रह्मदेवसित निवास गर्दछिन् ।

शास्त्रहरूमा सरस्वतीको पूजा गर्नुका पछाडि अनेक कारण रहेको उल्लेख पाइन्छ । सरस्वतीको पूजा सर्वसाधारणले चित्तशुद्धिका लागि पनि गर्दछन् । शास्त्रहरूमा सङ्गीत, कला, वाणी, मातृत्व, आध्यात्मिकता, विद्या, ज्ञान, ग्रन्थ, मन्त्र, तन्त्र आदिको देवीको रूपमा सरस्वतीको पूजा हुने गरेको बताइएको छ । वैदिक भाषामा दक्षिण मार्ग वा वैदिक मार्ग तथा तन्त्र वा वाममार्गकी देवीको रूपमा सरस्वतीको पूजा गरिने गरिएको पनि उल्लेख पाइन्छ । कतिपय सन्दर्भमा सरस्वतीलाई नदीहरूको देवी पनि मानिएको पाइन्छ ।

सरस्वतीको पूजा कसले गर्दछ ? जसले जुन उद्देश्यका लागि पूजा गर्दछ, अर्थात् पूजा गर्नेको उद्देश्यले निर्धारित गर्दछ कि कसलाई के चाहिएको छ । यसकारण सरस्वतीको एकै रूप वा गुणको पूजा हुँदैन । रूप र गुणको आधारमा पूजा गरिने भएकोले यी देवीको पूजा धेरैले
गर्दछन् ।

प्रणो देवी सरस्वती वाजेभिर्वजिनीवती धीनामणित्रयवतु ।
आदिग्रन्थ भनेर चिनिने ऋग्वेदमा सरस्वतीबारे उपरोक्त मन्त्रको उल्लेख छ । यसको अर्थ हुन्छ – यिनी परम चेतना हुन् । सरस्वतीको रूपमा हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूका संरक्षिका हुन् । हामीमा जुन आचार तथा मेधा छ, तिनका आधार भगवती सरस्वती हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भूत छ ।

भगवान् श्रीकृष्णको बाँसुरीको धुनमा सरस्वतीको वास भएको कारण उनको बाँसुरीमा मोहनी शक्ति आएको मानिएको छ । भगवान् श्रीकृष्णले पनि वसन्त पञ्चमीका दिन विशेष आराधना गर्नेले ज्ञान र कलामा चरम उत्कर्ष प्राप्त गर्ने बताएका छन् । यसै कारण पनि ब्रह्मविद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा वसन्त पञ्चमीको दिन गर्ने प्रचलन रहेको छ ।

सबैतिर मूर्ति बन्न थालेपछि सर्वसाधारणले सरस्वती पूजा आउन थाल्यो भनेर बुझ्दछन् । यसले रूपमा सरस्वतीको पूजा शिक्षालयमा हुने गरेको देखाउँछ । शिक्षालय अर्थात् शिक्षासित सम्बन्धित संस्थामा सरस्वती पूजा अनिवार्य छ, अपरिहार्य छ, नित्य छ । शिक्षाप्रति जनजनको मानसपटलमा अत्यधिक उत्साह भर्ने लौकिक अध्ययन तथा आत्मिक स्वाध्यायको उपयोगितालाई गम्भीरतापूर्वक बुझ्नको लागि पनि सरस्वती पूजा गर्ने परम्परा रहेको छ । जसरी धन बढाउन चाहनेले लक्ष्मी, र बल बढाउन चाहनेले हनुमानको पूजा गर्दछ, त्यसरी नै ज्ञानबल, आध्यात्मिक बल, चेतनाबल, प्रज्ञाबल तथा अध्ययनमा उत्साह बढाउन चाहनेले देवी सरस्वतीको पूजा गर्दै आएका छन् ।

सरस्वती पूजालाई कतिपयले अन्धविश्वास मान्दछन् । पूजाले विद्या वा ज्ञान प्राप्त नहुने तर्क अगाडि सार्दछन् । यदि पूजा गरेर नै विद्या प्राप्ति हुने भए पढाइ किन गर्नुप¥यो भन्ने तर्क ल्याउँछन् तर अत्यधिक शुभ फल प्राप्तिको लागि यो दिन शुभ मानिन्छ । सामान्यतया लोकव्यवहारमा श्रीपञ्चमीको दिनलाई कुनै पनि शुभ काम वा नयाँ काम शुरू गर्न कुनै बाधा हुँदैन भन्ने मान्यता रहेको छ ।

यसको अर्थ यो पनि हो कि कुनै पनि शुभ कामको शुरूआत गर्न यस दिनको विशेष महŒव
छ । अब सबैले देखे र बुझेका छन्, अहिलेसम्म हरेक ठूला र असल कामको शिलान्यास वा भूमिपूजन हुन्छ भने जीवनलाई आलोकित पार्ने शिक्षादान वा शिक्षाप्राप्ति दुवै कर्मको आरम्भ गर्ने दिन सर्वथा शुभ हुने नै भयो । त्यसै पनि लोकव्यवहारमा सबैतिर हरेक कामको लागि एक विशेष दिवस मनाउने वा घोषणा गर्ने चलन बढेको छ भने विद्यारम्भको लोकमान्यता सरस्वती पूजा हो भन्ने तथ्यलाई वर्तमानले पनि यही अर्थमा स्वीकार गरेको छ वा गर्नुपर्दछ । तथ्य मान्नेको लागि यो तथ्य हो भने तर्क गर्नेको लागि यो तर्क पनि हो ।

देवी सरस्वतीको वाहन, पहिरन, धारण आदिको पनि उत्तम व्याख्या गरिएको पाइन्छ । पानीमा दूध मिसाए पनि वा दूधमा पानी मिलाए पनि यसको ज्ञान दिने र यी तŒवलाई अलग छुट्याउने सामथ्र्य ज्ञानमा हुने भएकोले ज्ञानको प्रतीकको रूपमा सर्वत्र आजको दिन स्वयंमा पूजित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here