• वैधनाथ श्रमजीवी

नेपाली राजनीतिमा विद्यार्थीहरूको भूमिका सदैव अग्रपङ्क्तिमा रहँदै आएको छ । १०४ वर्षे जहानियाँ निरङ्कुश राणाशासनविरुद्ध आन्दोलन होस् अथवा बत्तीस वर्षे निर्दलीय पञ्चायती व्यवस्था होस् वा राजतन्त्रसहितको संसदीय प्रजातान्त्रिक बहुदलीय व्यवस्था होस् । प्रत्येक समयमा सडकमा प्रमुख शक्तिको रूपमा विद्यार्थीहरू देखिएका थिए । माओवादीले चलाएको दश वर्षे सशस्त्र विद्रोहमा समेत विद्यालय तथा क्याम्पसबाट विद्यार्थीहरू जनमुक्ति सेना तथा मिलिसियाहरूको लागि उल्लेख्य सङ्ख्यामा भर्ना भएका थिए । यी सबै आन्दोलन कहीं न कहीं सत्ताधारी वर्गसँग एक प्रकारको सहमति सम्झौतामा टुङ्गिएको इतिहास साक्षी छ ।

प्रत्येक आन्दोलनपश्चात् आन्दोलनकारी शक्ति आन्दोलनकै बलमा सरकारमा प्रत्येकचोटि गएको पनि हो तर सडकमा छँदा जनकामकारबाईको विरुद्ध उनीहरू सशस्त्र तथा शान्तिपूर्ण ढङ्गले लड्ने गर्थे । सडकबाट सत्ता (सरकार)मा जाने बित्तिकै फेरि आफूहरू पनि त्यही कार्य गर्ने गरेको यिनका अतीत तथा वर्तमान हेर्दा सबैले छर्लङ्गै देखिसकेकै हो । आफूलाई प्रजातन्त्रवादी भनाउने नेपाली काङ्ग्रेस सडकमा हुँदा निरङ्कुशता र दमन, महँगी, भ्रष्टाचारको विरोध गर्ने तर सरकारमा पुगेपछि आफूहरू पनि सम्पूर्ण कार्यकाल भ्रष्टाचार, कमिशन, दमन, महँगी तथा अप्रजातान्त्रिक कार्य गरेरै बिताउने गरेको सबैले भोगेकै विषय हो ।

त्यसैगरी, आफूलाई कम्युनिस्ट भन्ने नेकपा एमाले वा माओवादी केन्द्र वा कुनै पनि संसदवादी दल (मधेसवादीसमेत) उनीहरू सडकमा हुँदा जनतासँग मीठा–मीठा कुरा गर्छन् । विकास र समृद्धिको सपना बाँड्ने गर्छन् । स्वतन्त्रता र मुक्तिका ठूलठूला गफ हाँक्ने गर्छन्, तिनीहरू सरकारमा गएपछि जनविरोधी, विकासविरोधी तथा देशको हितविरोधी कामहरूमा मात्रै कार्यकाल बिताएका देखिन्छन् । प्रायः सरकारको कार्यकाल देशको सम्पूर्ण लाभका पदको भागबन्डा गर्दैमा बित्छ । भागबन्डामा चित्त नबुझेपछि हिजोसम्म एकअर्कासँग घाँटी जोडेर हिंड्नेहरू एकअर्काको छायाबाट पनि तर्सिने गर्छन् । अतिरिक्त भागबन्डा, कमिशन, पद तथा पैसाको भागमा सामञ्जस्यता अपनाउन नसक्दा यिनीहरूबीच हुने गरेको साँढेको जुधाइमा जनता अनाहकमा मिचाइभित्र पर्दै आएको छ ।

यस्तो खालको दलालीकरणले जब मुख्य राजनीतिमा हैकम जमाउँछ, त्यसपछि यसको प्रभावबाट कुनै पनि तप्का अछूतो रहन सक्दैन । झन्डै सत्तरी वर्षको लामो नेपालको विद्यार्थी आन्दोलन पनि यसको प्रभावबाट अछूतो रहने कुरै भएन । अघिपछि चर्को शुल्क वृद्धिको कुरा उठाउने, जनवादी शिक्ष्Fाको कुरा उठाउने, सिकाइमूलक (सीप) शिक्षाको कुरा उठाउन चाहने प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ होस् वा कम्युनिस्ट भनाउन रुचाउने नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र, जनमोर्चालगायतका संसद्वादी दलका भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनहरू होस् वा मधेसवादी विद्यार्थी युनियन यिनीहरू सबैले आफ्नो विधान र घोषणापत्र अनुसारका काम गर्न सकेका छैनन् । यस्तो हुनुमा प्रमुख कारक तŒवको रूपमा यिनीहरूकै माउ पार्टी र तिनका नेताहरू हुन् ।

यतिबेला यी नेताहरूको लगानीमा देशमा ठूल्ठूला अति महँगो विद्यालय तथा क्याम्पसहरू निजीरूपमा सञ्चालित छन् । अमूर्तरूपमा यस्ता विद्यार्थी सङ्गठनहरूले चर्को शुल्क, न्यून सिकाइ उपलब्धि तथा खस्किंदो शैक्षिक गुणस्तरका कुरा ठूला स्वरमा आफूहरू क्रान्तिकारी विद्यार्थीमैत्री रहेको देखाउन गर्छन् तर यस्ता सवालहरूमा उठेका वा उठाइएका आवाजहरूलाई कहिले पनि तार्किक निष्कर्षमा पु¥याउन सक्दैनन् । यसको एकमात्र कारण यो हो कि शिक्ष्Fाभित्र भएका माफियागिरी तथा व्यापक भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निष्कर्षमा पु¥याउने हो भने यिनका आफ्नै नेताहरू त्यसमा फस्ने, तिनको लगानी डुब्ने तथा तिनीहरूको असली अनुहार जनतासामु नाङ्गिने भएकाले केवल देखावा र सस्तो लोकप्रियताको लागि यिनीहरूले आन्दोलन गर्ने गरेको तथ्य अब कसैबाट लुकेको छैन ।

यो कुरा साँचो हो कि विद्यार्थीहरूले नै नेपालको राजनीतिक आन्दोलन, राष्ट्रिय स्वाधीनताको आन्दोलन तथा शैक्षिक आन्दोलनको अग्रमोर्चा सम्हाल्दै आएका छन् । तर आफ्नै माउ पार्टीका नेताहरूको दलालीकरणको प्रमुख नीतिले गर्दा आजसम्म वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक समाजवादी शिक्ष्Fा प्राप्त गर्न सकेका छैनन् । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहेको भनिए पनि सारमा दलाल पूँजीवादी व्यवस्थाले गर्दा २००७ देखि २०६२/६३ सालसम्मको परिवर्तन वास्तवमा व्यक्तिको मात्रै परिवर्तन भएको तर नीति, विचार र व्यवहार पुरानै कायम रहेका हुनाले अहिलेसम्म दुई छाक खानको लागि झन्डै असी लाखको सङ्ख्यामा नेपाली युवाहरू विदेशिनुपरेको छ र प्रत्येक दिन डलरको आसमा बसेका घरपरिवारहरूमा बाकसमा लाश आइरहेको सबैले देखेकै हो ।

यतिबेला पनि बहुसङ्ख्यक जनताका छोराछोरीहरू शैक्षिक बेथिति तथा दलाल पूँजीवादी व्यवस्थाले गर्दा उच्च शिक्ष्Fाको कुरै छाडौं आधारभूत शिक्षाबाट समेत वञ्चित छन् । शिक्ष्Fामा निजीकरण, व्यापारीकरण तथा माफियाकरणले गर्दा शिक्ष्Fा मुठीभर हुनेखाने वर्गको कब्जामा पुगेको छ । यतिबेला शिक्षा नाफाखोर शैक्षिक माफियाहरूको निम्ति ठूलो धन कमाउने व्यापारको रूपमा स्थापित हुँदै गएको छ । यस्तोमा शिक्ष्Fा आम श्रमजीवी वर्गको निम्ति एउटा दुःखद कहर मात्र बनेको छ । मुलुकमा लामो समयदेखि ढोंगी, व्यक्तिवादी, अन्धविश्वासको सहयोगी र अवैज्ञानिक शिक्षा लागू गरिएको छ । निरन्तरको यस्तो शैक्षिक अभ्यासले गर्दा समाजमा बहुसङ्ख्यक पढेलेखेका वर्ग निजी सम्पत्ति मोहका कारण भ्रष्टीकरणको शिकार सजिलै हुन पुगेका छन् ।

नेपाल प्रकृतिले सम्पन्न भएपनि शासक वर्गको वैचारिक कङ्गालीपनले गर्दा महादरिद्रताको अवस्था झेल्न बाध्य छ । त्यसैले हाम्रो अथाह प्राकृतिक स्रोतहरू पत्ता लगाएर त्यसको सदुपयोग समुदायको मातहतमा गर्नको लागि अनुसन्धानमूलक शिक्ष्Fाको आवश्यकता रहेको छ । विज्ञान र खासगरी भौतिकवादमा आधारित शिक्ष्Fाले मात्र प्रकृतिका सम्पूर्ण भ्रमहरू चिर्ने र सत्यको आधारमा सत्य खोज्ने भएकोले वैज्ञानिक शिक्ष्Fाको अपरिहार्यता बढेर गएको छ ।

हामीले संस्कृतिको नाममा निकै लामो समयदेखि झेलिरहेको कुरीति, कुथिति, अन्धविश्वास, धार्मिक अतिवादलगायतका सामाजिक प्रगतिका बाधक कुराहरू हटाउने, सबै प्रकारका शोषण तथा विभेदको विरोध गर्ने, समानान्तर, समतामूलक समाज निर्माण प्रक्रियामा लाग्ने प्रेरणादायी शिक्ष्Fा देशमा लागू गर्न जरुरी छ । त्यसैले अबको विद्यार्थी आन्दोलन भनेको नेताहरूको इशारामा नेताहरूलाई मन्त्री बनाउन सहज हुने तथा तिनका शैक्षिक प्रतिष्ठानहरू सुरक्षित रहने उद्देश्यको लागि नभई सम्पूर्ण विद्यार्थीलाई उत्पादनसँग जोड्ने र सम्पूर्ण विद्यार्थीलाई आत्मनिर्भर बन्न सीप सिकाउने शिक्षा स्थापनाको लागि हुनुपर्दछ । अनिमात्र भूमण्डलीकृत पूँजीवादको विरुद्ध वैज्ञानिक समाजवादी समाज निर्माण गर्न विद्यार्थीहरूले महŒवपूर्ण भूमिका खेल्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here