प्रस, वीरगंज, १६ माघ/
प्रेस काउन्सिलले दुई आर्थिक वर्षको वर्गीकरण नतीजा आइतवार सार्वजनिक गरेको छ । काउन्सिलले सार्वजनिक गरेको नतीजा अनुसार प्रतीक दैनिक राष्ट्रिय ‘क’ वर्गमा परेको छ ।
काउन्सिलले आव २०७५/७६ र २०७६/७७ को नतीजा सार्वजनिक गरेको हो । दुवै वर्षमा प्रतीक दैनिक राष्ट्रिय ‘क’ वर्गमा रहेको छ ।
गत एक दशकभन्दा लामो अवधिदेखि नै ‘क’ वर्गमा रहँदै आएको यस दैनिकले आफ्नो वर्ग कायम राख्न सफल भएको हो ।
काउन्सिलले हरेक एक वर्षलाई आधार मानेर मुलुकभरि प्रकाशित तथा वर्गीकरणका लागि आवेदन दिएका पत्रपत्रिकाहरूको मूल्याङ्कन गरी राष्ट्रिय, प्रदेश र स्थानीय गरी तीन तहमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्ग गरी वर्गीकरण गर्दै आएको छ ।