प्रस, बारा, १६ माघ/

बारा, प्रसौनी गापा–२ स्थित शुभश्री मोबाइल पसल फुटाइ पसलमा रहेको विभिन्न कम्पनीका मोबाइल चोरी गर्ने कसूरमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

चोरीमा संलग्न मानिस तथा चोरी भएको मालसामान खोजतलाश तथा अनुसन्धान गर्ने क्रममा जिल्ला बारा प्रसौनी गापा–१ बस्ने विशाल मुखियाको संलग्नता रहेको यकीन भएपश्चात् निजको घरकोठा खानतलाशी गर्ने क्रममा पसलबाट चोरी भएका मालसामान नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तलाको कोठामा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा अवैध लागूऔषध गाँजा छ किलोसमेत फेला पारेको थियो ।

उक्त चोरी कार्यमा संलग्न २२ वर्षीय बलिराम मुखिया, वर्ष २० का राम मुखिया, वर्ष २७ का पवन पटेल र वर्ष २३ का रम्तुल्लाह अन्सारी रहेका छन् । पक्राउ परेका सबैजनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रवक्ता प्रनाउ राजेश थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here