प्रस, सेढवा, १६ माघ/

कोरोना सङ्क्रमणको पहिलो चरणमा विभिन्न संस्थाहरूले विद्यालयलगायतमा वितरण गरेका टचलेस ह्यान्डवास प्रयोगविहीन अवस्थामा छन् ।

संरक्षण अभावमा टचलेस ह्यान्डवास जीर्ण अवस्थामा पुगेका हुन् । कोरोनाको पहिलो लहरपछि खुलेका विद्यालयहरूमा टचलेस ह्यान्डवास जडान गरिएको थियो । युएन हेभिटासका पूर्वसंयोजक सरोज चौरसियाले जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुरलगायतमा टचलेस ह्यान्डवास वितरण गरेका थिए ।

कतिपय स्थानीय तहले आफ्नै लगानीमा समेत खरीद गरेर विद्यालय, गापा कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी आदिमा टचलेस ह्यान्डवास जडान गराएका थिए ।

कोरोनाको मापदण्ड पूरा गराउन देखावटीरूपमा मात्र यो राखिएको अहिले आएर पुष्टि भएको
छ । कुनै पनि संस्थाले टचलेस ह्यान्डवासलाई पहिलो कोरोनाको सङ्क्रमणपछि प्रयोगमा नल्याएकाले अहिले तेस्रो लहरमा यी ठाउँमा जडित टचलेस ह्यान्डवास प्रयोगविहीन अवस्थामा जीर्ण बनेका छन् ।

जडान गरिएको स्थानमा कुनैमा प्लेटफर्म, प्लास्टिक टङ्की नभएको वा फुटेको, साबुनपानी नरहेको अवस्थामा छन् ।

जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गापामा रहेको टचलेस ह्यान्डवास छिट्टै सञ्चालनमा आउने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here