प्रस, पंचगावाँ, १५ माघ/

सखुवाप्रसौनी गाउँपालिकाको न्यायिक समितिले प्रेम विवाहलाई शनिवार सामाजिक विवाहमा परिणत गरेको छ । सखुवाप्रसौनी गापा–१ निवासी देवमती देवी र अभय चौधरीबीच पाँच वर्ष पहिले प्रेम विवाह भएको र उनीहरूबाट चार वर्षको छोरा जन्मेको थियो ।

तर अभय चौधरीका परिवारले प्रेम विवाहलाई मान्यता नदिएपछि देवमती देवी माइत बस्दै आएकी थिइन् । गाउँमा बसेको पञ्चायतको समेत कुरालाई अभय चौधरीका परिवारले नमानेपछि सोविरुद्ध देवमती देवीले सखुवाप्रसौनी गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेकी थिइन् ।

पुस ४ गते न्यायिक समितिमा मुद्दा परेको र आज गापा उपप्रमुख एवं न्यायिक समितिकी संयोजक फूलमती देवीले दुवै परिवारको सहमतिमा हिन्दू परम्परा अनुसार सामाजिक विवाह गराइ दिएकी थिइन् । कोइलाभार मन्दिरमा देवमती देवी र अभय चौधरीको प्रेम विवाहलाई आज सामाजिक मान्यता प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here