कास्की, १३ माघ/रासस

नेपाली सेनाको त्रिभुवन आर्मी फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा–रारा गोल्ड कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फूटबल क्लबसँग भेट पक्का गरेको छ । एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फूटबल क्लबलाई हराएको थियो । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा मनाङले आर्मीलाई निराश बनायो ।

टाइब्रेकरमा मनाड्ढा गोलकीपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजीक पु¥याए । विपक्षीको एक प्रहार रोक्न सफल भएका गोलकीपर बराल ‘म्यान अफ दी म्याच’समेत घोषित हुँदै रु आठ हजार पुरस्कार प्राप्त गरे । टाइब्रेकरमा मनाड्ढा फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले ओलावाले गोल गरे । मनाड्ढा विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किदा गोल हुन सकेन ।

आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल भए । दीपक गुरुड्ढो प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो । पहिलो हाफको नवौं मिनेटमा मनाङले पाएको पेनाल्टीमा कप्तान विमल राना गोल गर्न असफल हुँदा मनाङले अग्रता लिने मौका खेर फालेको थियो । आर्मीका डिफेन्डर युद्ध शाहीले पेनाल्टी क्षेत्रमा बल क्लियर गर्ने क्रममा बल हातले छुँदा खेलका रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिएका
थिए । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।

खेलपछिको पत्रकार सम्मेलनमा मनाड्ढा प्रशिक्षक फुजा टोपेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसर खेर फाल्दा जीतका लागि टाइब्रेकरसम्म सङ्घर्ष गर्नुपरेको बताए । विपक्षी टोलीले राम्रो खेलेको भन्दै उनले टाइब्रेकरमा आफ्नो टोली भाग्यमानी भएको उल्लेख गरे । आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसर सुदपयोग गर्न नसक्नु नै हारको कारण रहेको बताए । टोलीका केही खेलाडी घाइते भएकाले समेत फिनिसिङमा समस्या भएको उनले प्रतिक्रिया दिए ।

यही माघ ६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । यसैगरी, उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here