राकेश यादव, रौतहट, ११ माघ/

रौतहट जिल्लामा यस वर्ष पनि बाघ गणना शुरू भएको छ । बाघ गणनाका लागि वनका विभिन्न स्थानमा क्यामरा राखिएका छन् ।

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ कार्यक्रम अनुसार चितवन–पर्सा कम्प्लेक्स अन्तर्गत तेस्रो ब्लकमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालयहरू पर्सा, बारा, मकवानपुर र रौतहटका वन क्षेत्रमा क्यामरा ट्र्यापिङ गरिएको हो ।

जिल्लामा यही माघ ४ गतेदेखि शुरू भई १५ दिनसम्म रौतहटको वनमा क्यामरा सञ्चालन हुने वन कार्यालयले जनाएको छ । बाघ गणनाका लागि ठाउँठाउँमा क्यामराहरू जडान भएको हुँदा सो क्यामरा नचलाउन आग्रह गरिएको छ । गत वर्ष पनि रौतहटको वनमा क्यामरा जडान गरी बाघको गणना गरिएको थियो । रौतहटमा चारवटा वयस्क बाघ भेटिएको थियो ।

गत आवमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नूनथर लगायतका वन क्षेत्रमा १७ जोर क्यामरा जडान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here