प्रस,परवानीपुर, १० माघ/

वीरगंज–३१, बेल्वा (भेडियाही)मा बर्थिङ सेन्टर निर्माण गर्न ढिलाइ भइरहेको छ । निर्माण कार्यमा ढिलाइ हुँदा चालू आवमा बर्थिङ सेन्टर निर्माणको लागि महानगरले छुट्याएको करीब पौने २ करोड रुपियाँँ फ्रिज हुने चिन्ता बढेको गाउँँलेहरूले बताएका छन् ।

स्थानीय नवलकिशोर झाले बर्थिङ सेन्टर बनाउन छुट्याइएको एलानी जग्गामा केही गाउँँलेले विवाद गरिरहेकाले बर्थिङ सेन्टरको काम अघि नबढेको बताए । गाउँँकै प्रेमचन्द्र महतो, झपसी हजरा दुसाध, झुलन हजरा गरी तीनजनाले करीब ४ कठ्ठा ऐलानी जग्गा अतिक्रमण गरी घर बनाएका छन् । उनीहरूले पर्सा जिल्ला अदालत र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजबाट जग्गाको स्वामित्वसम्बन्धी मुद्दा हारिसकेको तर जग्गा खाली गर्न आनाकानी गरिरहेको बेल्वा स्वास्थ्य चौकीका प्रमुख रेजा महम्मद अन्सारीले बताए ।

अदालतबाट विजय हासिल भएपछि जग्गा भोगचलन गर्न पर्सा जिल्ला अदालतमा चलन मुद्दा दर्ता गरेका छन् । जग्गा खाली नहुँदा र बर्थिङ सेन्टर नबन्दा उक्त वडाका गर्भवतीहरू सुत्केरी हुन वीरगंज र बगवन्ना जानुपर्ने सास्ती भोगिरहेको गाउँँलेको भनाइ छ । गाउँलेले स्थानीय जनप्रतिनिधि तथा महानगर एवं प्रहरी प्रशासनसँग पनि गुहार गरेका छन् ।

यस विषयमा जग्गा अतिक्रमण गरेका प्रेमचन्द्र महतोसँग कुरा गर्दा उनले जग्गा अरूबाट खरीद गरी घर बनाएको र पहिले उक्त जग्गा एलानी थियो कि नम्बरी, त्यसबारे बोल्न नमिल्ने प्रतिक्रिया दिए । उनले उच्च अदालतको आदेश विरुद्ध सर्वाेच्च जाने तयारी गरिरहेकोले जग्गा खाली नगरेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here