वेलिंगटन, ९ माघ/एएनआई
न्युजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन् । आइतवार उनले नियमित पत्रकार सम्मेलनमा बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छन् ।
बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम, जहाँ मानिसको ठूलो भीड हुने गर्छ, हाललाई स्थगित गर्न सुझावसमेत दिएकी छन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता पालन गर्न सबैलाई आग्रह गरेको छ । रासस