वाशिंगटन, अमेरिका, ८ माघ/एएनआई

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक बताएको छ ।

वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङग्युले स्पुतनिकलाई बताए अनुसार–“अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक हो । हामी अमेरिकालाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरू अवरोध र प्रतिबन्ध लगाउने कार्य रोक्न आग्रह गर्दछौं ।”

बाइडेन प्रशासनले कोभिड–१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गरेको थियो ।
चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरू हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन्, स्पुतनिकले जनाएको छ ।

चीनले भर्खरै कोभिड–१९ सङ्क्रमित यात्रुहरूको वृद्धिका कारण आफ्नो देश आउने केही अमेरिकी उडान रद्द गरेको बताएको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिका बावजुद ४४ यात्रु उडान निलम्बित गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here