प्रस, सिम्रौनगढ, ७ माघ/
सशस्त्र प्रहरीले साढे १३ लाख मूल्य बराबरको मदिरा बरामद गरेको छ । रौतहटको परोहा नगरपालिका–४ बाट सशस्त्र प्रहरी ११ नं. वाहिनी हेडक्वार्टरले हिजो बेलुकी भारततर्फ लैजान लागेको मदिरा बरामद गरेको हो ।
हिजो साढे सात बजे राति सेतो रड्ढो बोलेरो गाडीबाट विभिन्न प्रकारका नेपाली मदिरा भारततर्फ लाने क्रममा नरकटिया सीमा अगाडिबाट सशस्त्र प्रहरीले सो बोलेरोलाई नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १३ लाख ३६ हजार बराबरको मदिरा बरामद भएको सशस्त्र प्रहरी ११ नं. वाहिनी हेडक्वार्टरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।
बरामद मदिरा, बोलेरो गाडी आवश्यक कारबाईको लागि गौर भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रनाउ खातीले जानकारी गराएका छन् ।