प्रस, वीरगंज, ७ माघ/

वीरगंज, आदर्शनगर रङ्गशालामा जारी चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाली सेना विजयी भई फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको पहिलो सेमिफाइनलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई शून्यविरुद्ध तीन गोलले पराजित गरेको हो । नेपाली सेनाबाट सीताकुमारी चौधरी, अञ्जनाचन्द ठकुरी र नीलिमा पाण्डेले एक–एक गोल गरेका थिए । पहिलो खेलको वुमन अफ द म्याच सीताकुमारी चौधरी घोषित भइन् ।

सुदूरपश्चिम फाइनलमा

यसैगरी, शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम मधेस प्रदेशलाई शून्यविरुद्ध दुई गोलले पराजित गरी फाइनलमा प्रवेश पाएको छ ।

आज भएको दोस्रो खेलमा सुदूरपश्चिमकी लक्ष्मी बम र सुनीता नेगीले एक–एक गोल गरेका थिए । यो खेलको वुमन अफ द म्याच सुनीता नेगी घोषित भइन् ।

फाइनल खेल शनिवार नेपाली सेना र सुदूरपश्चिमबीच दिउँसो २ बजे हुनेछ । यसैगरी तेस्रो स्थानका लागि गण्डकी र मधेस प्रदेशबीच शनिवार बिहान ९ बजे प्रतिस्पर्धा हुने आयोजक सानो पाइलाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here