प्रस, वीरगंज, ६ माघ/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बिहीवार ५९ जना सङ्क्रमित पुष्टि गरेको छ ।

अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ८६ जनाको पिसिआर परीक्षण गरिएकामा ५९ जना सङ्क्रमित पुष्टि भएको बताए । सङ्क्रमित हुनेमा १६ जना महिला र ४६ जना पुरुष छन् र उनीहरूको उमेर १४ देखि ६२ वर्षसम्म छ ।

बाराका सातजना, रौतहट, महोत्तरी, काठमाडौं, सिन्धुपाल्चोकका १/१ तथा पर्साका ४३ जना सङ्क्रमित पुष्टि भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here