प्रस, सेढवा, ६ माघ/
जङ्गल सीमासँग जोडिएका बस्तीका किसानहरू जङ्गली जनावरबाट बाली जोगाउन माघको चीसो जाडोमा पनि खेतमैं रातभरि जाग्राम बसिरहेका छन् ।
पर्साको पश्चिमी–उत्तरी क्षेत्रमा रहेको जीराभवानी गाउँपालिकाका सखुवनिया, हरैया, काठमाडौंटोल, शान्तिनगर तथा ठोरी गाउँपालिकाका क्षत्रीलाइन, गडुवालाइनलगायतका किसानहरू जङ्गली जनावरबाट पीडित छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय जङ्गलबाट आएका हरिण, नीलगाई, घोडगधा, बँदेल, शाही, मयूरलगायत जनावरले किसानको बाली नष्ट गर्दैआएका जीराभवानी गापा–५ सखुवनियाका हलचल महतो थारूले बताए । दर्जनौं जङ्गली जनावरहरू समूहमा आएर गहुँ, आलु, तोरीलगायतका बालीमा क्षति पु¥याएको उनले बताए ।
जङ्गली जनावरहरूबाट बाली जोगाउन किसानहरूले रूखमा मचान तथा जमीनमैं झुपडी बनाइ बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । दर्जनौं किसानले राति जङ्गली जनावरको बथान खेतमा आउँदा होहल्ला गर्ने तथा टिन ठटाउँदै धपाउने गरेको रामजनम महतोले बताए । टर्च र लौरो लिएर घुरको आगो ताप्दै ज्यान जोखिममा पारेर बाली जोगाउनुपरेको महतोले दुःखेसो पोखे । बाली नलगाउँ भने के खाने ? उनले चिन्ता गरे ।
ठोरी गापा–५ क्षत्रीलाइनका किसान बलराम कोर्माेचाले जङ्गली जनावरको आतङ्कबाट छुटकारा पाउन किसानहरूले सुर्तीबाली लगाउन थालेपछि सुर्ती बालीलाई बाँदरको समूहले क्षति पु¥याउन थालेको बताए ।
यसका अलावा विभिन्न जङ्गली जनावरले नखाए पनि तोरीलाई माडेर क्ष्Fति पु¥याउने गरेको कोर्माेचाले गुनासो गरे । निकुञ्जले विद्युतीय तारबार जडान गरे पनि जङ्गली जनावरहरू उफ्रेर खेतमा आई बाली क्षति गरिरहेका किसानहरूले गुनासो गरे ।