प्रस, वीरगंज, ५ माघ/

दुई समूहमा विभाजित जनता समाजवादी पार्टी, पर्साले बुधवार बलिदानी दिवस छुट्टाछुटै मनाएको छ । जसपाको एउटा समूहले वीरगंजको घण्टाघरस्थित शहीद स्मारकमा र अर्को समूहले पोखरियामा बलिदान दिवस मनाएको छ ।

वीरगंजको शहीद स्मारकमा आयोजित कार्यक्रममा सांसद प्रदीप यादवले मधेस आन्दोलनको उपलब्धिका कारण मधेस प्रदेश नाम राखिएको बताए । उनले राजधानी जनकपुर कायम गर्न राजनीतिक दलका ठूलठूला नेताहरूको हात रहेको बताए ।

उनले मुख्यमन्त्रीको घर फोडेर वीरगंज राजधानी नहुने बताउँदै त्यसभन्दा अघि आफ्नै पार्टीका अध्यक्षहरूको पुतला जलाउनुपर्ने बताए । सांसद यादवले अस्थायी राजधFनी तोक्ने बेलामा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिको ठूलो हात रहेको र अहिले उनकै पार्टीले वीरगंजमा हिजो विरोध जुलुस निकालेर मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गर्नु गलत भएको बताए ।

आज विभिन्न कार्यक्रमको आयोजना गरी दलका नेताहरूले बलिदानी दिवसलाई राजनीतीकरण गर्न खोजेको सांसद यादवले आरोप लगाए । पर्साबाट १५ जना सांसद रहेको र यसमा उनीहरूले त्रुटि गरेकोमा सच्याउन माग गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपा पर्साका अध्यक्ष मन्जुर अन्सारी, जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद, करीमा बेगम, वीरेन्द्र यादव, मुस्लिम सङ्घका अध्यक्ष मौलाना नुरुल होदा, वासुदेव यादव, रामबढाइ यादव, ईश्वरचन्द्र यादवलगायतको सहभागिता थियो ।

यसैगरी, जसपाको अर्को समूहले पोखरियामा शहीद चन्दन पटेलको सालिकमा माल्यार्पण गरी बलिदानी दिवस मनाएको छ ।

पोखरियामा पुगेका नेताहरूमा तत्कालीन अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, सलमा खातुन, गौरीशङ्कर साह, बृजमोहन तिवारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here