प्रस, वीरगंज, ५ माघ/

वीरगंजमा चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना भएको छ । मङ्गलवारदेखि आदर्शनगरस्थित खेलमैदानमा भइरहेको प्रतियोगिता माघ ८ गतेसम्म चल्ने। उद्घाटन खेलमा हिजो मधेस प्रदेशलार्ई ० का विरुद्ध ५ गोल गरी नेपाली सेनाको महिला टीम विजयी भएको थियो । हिजैको दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई शून्यका विरुद्ध तीन गोल गरी सुदूरपश्चिम प्रदेश विजयी भएको थियो ।

बुधवार भएको दोस्रो दिनको खेलमा मधेस प्रदेशले प्रदेश नं १ लाई ० का विरुद्ध २ गोलअन्तरले पराजित ग¥यो । आकृति राई र गीताकुमारी मृचिङले १/१ गोल गरेका थिए । पहिलो खेलको ‘वुमन अफ दी म्याच’ मृचिङ घोषित भइन् ।

दोस्रो खेल बराबरीमा टुङ्गियो । सुदूरपश्चिम र गण्डकी प्रदेशबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको र दुवैले समान अङ्क बाँडे । यो खेलको ‘वुमन अफ दी म्याच’ गण्डकी प्रदेशकी कमलादेवी घर्ती पुन घोषित भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here