प्रस, वीरगंज, ५ माघ/

युथ फाउन्डेशन नेपाल र बारा प्लसको संयुक्त आयोजनामा एचआइभी/एड्स सचेतना तथा सहयोगसम्बन्धी सरोकारवालासँग अन्तक्र्रिया सम्पन्न भएको छ ।

बारा प्लसको कार्यालय वीरगंज–४ मा आयोजित अन्तक्र्रियामा युथ फाउन्डेशन नेपालकी सुधा श्रेष्ठ र सुनीता रिमालले फाउन्डेशनले काठमाडौं र लुम्बिनीका दुई स्थान र पर्सा गरी चार स्थानका एचआइभी/एड्स पीडित बालबालिकाहरूको लागि काम गर्दै आएको र यसमा सबैको सहयोग आवश्यक हुने बताए । उनीहरूले तत्काल सो सेवा मासिकरूपमा एक हजार बालबालिकालाई उपलब्ध गराउनुका साथै उनीहरूको शिक्षा, पोषणमा समेत सहयोग गरेको र बालबालिकाका अभिभावकहरूलाई आयमूलक तालीमहरू आयोजना गरी सघाउँदै आएको बताए।

पर्सामा हाल ४३ जना बालबालिका जन्मेदेखि एचआइभी/एड्स पीडित देखिएको श्रेष्ठले बताइन् । स्थानीय तहबाट यस क्षेत्रमा सहयोग भएको खण्डमा बालबालिकाहरूलाई थप मदत पुग्ने रिमालले बताइन् ।

वडाध्यक्ष जगतसाह कानूले वडा कार्यालय र नगरपालिकाबाट बालबालिकाहरूका लागि के गर्न सकिन्छ सोबारेमा विचार गर्ने आश्वासन दिए । विजामका नीरज साहले समाजमा अहिले पनि एचआइभी/एड्स सङ्क्रमितहरूसँग भेदभाव भइरहेको बताए । उनले सबैभन्दा डरलाग्दो कुरा स्वास्थ्यकर्मीहरूबाट पनि अहिलेसम्म उनीहरूप्रति भेदभाव भइरहेको र यही कारण निजी अस्पतालहरूले उपचार नगर्ने र सबैजसो सङ्क्रमित नारायणी अस्पतालमा आश्रित हुनुपरेको बताए । उनले एकजना सङ्क्रमित बालकलाई एउटा निजी अस्पतालले आइसियूबाट निकालेको र नारायणी अस्पताल ल्याइ पु¥याउँदा पु¥याउँदै उनको मृत्यु भएको दुःखद घटना सुनाए ।

नारायणी अस्पतालमा रहेको पोषण केन्द्रकी संयोजक सरिता यादवले वडामा रहेका कुपोषित बालबालिकाहरूको विवरण सङ्कलन गरी वडास्तरबाट पनि कुपोषणविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल, बारा प्लसका संयोजक विश्व खड्का, विजामका अनोज खड्का, नेपाल आराधनाका जवाहर महरा, एएचएफ नेपालका आशिष गुरागाईं, सहयात्री समाजका जटाशङ्गर साह, बालकल्याण समितिकी सावित्री भण्डारीलगायतले सुझाव सल्लाह दिएका थिए ।

कार्यक्रममा एचआइभी एड्स सङ्क्रमित एकजना महिलालाई युथ फाउन्डेशन नेपाल र बारा प्लसको तर्फबाट वडाध्यक्ष कानूले रोजगारका लागि सिलाइ मेशिन प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here