काबुल, ४ माघ/एएनआई

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
सोमवार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बादघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ ।

प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन् । भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँचजना महिला र चारजना बालबालिका रहेका पनि प्रवक्ताले उल्लेख गरेका छन् ।

पहिलो भूकम्पको दुर्ई घण्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन् । आपत्कालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको सङ्ख्या पुष्टि गर्दै ७,००० भन्दा बढी घरमा क्षति पुगेको पनि बताएका
छन् ।

भूकम्पले प्रान्तको मुकर जिल्लाका बासिन्दालाई पनि क्षति पु¥याएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here