प्रस, रौतहट, ३ माघ/
रौतहटको मौलापुर–५ पतौरामा नेपाल पुरातŒव विभागले उत्खनन कार्य शुरू गरेको छ । पुस २३ गतेदेखि शुरू भएको उत्खनन कार्यबाट ९ह्५ मिटरको गारो (पर्खाल)सहितको मन्दिरको अवशेष भेटिएको छ ।
त्यस्तै कलात्मक ईंटा र विभिन्न किसिमका रातो माटाका भाँडा आदि अवशेष भेटिएको छ । भेटिएका यी अवशेषहरू १२औं शताब्दीको रहेको पुरातŒवविद् देवेन्द्रनाथ तिवारीले बताए ।
उत्खननको लागि २०७५–७६ तिर जिओ–फिजिक्स गरिएको थियो, जसले गर्दा चालू आवमा पुरातŒव विभागको वार्षिक कार्यक्रम अनुसार मौलापुरमा उत्खनन शुरू गरिएको जनाइएको
छ ।
टोलीमा प्रमुख पुरातŒवविद् तिवारी, पुरातŒव अधिकृत विष्णु पाठक, आर्किटेक्ट रोशनी महर्जन, छविकार राजकुमार बन्जारा, प्राविधिक सहायक प्रतिमा सापकोटा र विराटबहादुर थापा छन् ।