प्रस, जनकपुरधाम, ३ माघ/

जनकपुर उच्च अदालतमा कार्यरत २३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कुरा सो अदालतले सार्वजनिक गरेको हो ।

सङ्क्रमित हुनेमा न्यायाधीश सीताराम मण्डलसहित रजिस्ट्रार, उपरजिस्ट्रार, शाखा अधिकृतलगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको उच्च अदालतद्वारा सोमवार प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काम विशेषले उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न र क्वरेन्टिनमा बस्न सजिलो होस् भन्ने उद्देश्यले सङ्क्रमितहरूको नाम सार्वजनिक गरिएको अदालत स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here