प्रस, वीरगंज, ३ माघ/
वडाध्यक्ष भरतप्रसाद कुर्मीले सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीलाई एक थान कम्प्युटर सहयोग गरेका छन् । वीरगंज–१४ का वडाध्यक्ष कुर्मीले सोमवार कार्यक्रम आयोजना गरी केन्द्रका अध्यक्ष राम सर्राफलाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष कुर्मीले प्रविधिमैत्री बनाउनको लागि सामुदायिक सेवा केन्द्र श्रीपुरलाई कम्प्युटर हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, वरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव दिलीप प्रधान, सदस्य हीरा गिरी, राजेश सिंह, अजित भुजेल, प्रअ जयमङ्गल सहनी, प्रज अमित यादवलगायतको सहभागिता थियो ।