लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूको अनिवार्यता जति आवश्यक छ, जन–चाहना पूरा गर्ने–गराउने सवालमा पनि उत्तिकै आवश्यकता हुन्छ । सत्तामा बसेको दलले जन–चाहना र आवश्यकताका कामहरू गर्ने र सत्ताइतर पक्षले सत्तापक्ष्Fलाई ती काम अविलम्ब गर्न दबाब
दिने। यस कसीमा नेपालका राजनीतिक दलहरू कहिले खरो साबित हुन सकेनन् । प्रतिपक्षको राम्रो कामको विरोध गर्न सिपालु त हाम्रा दलहरू देखिएका छन् र जनपक्ष्Fीय काममा दबाब सिर्जना गर्ने कुरा काकताली परेर मात्र हुने गर्छ । अहिले नेपाली काङ्ग्रेसले वीरगंजमा त्यस्तै गरिरहेको छ । वीरगंजका मुख्य सडकहरू यति बिग्रे–भत्केको अवस्थामा पुगेका छन् कि कसैले पनि कुनै कारणले मरम्मत नभएको होला भन्ने सोच्दैन, महानगरलाई नै मात्र दोषारोपण लगाउँछ । हो पनि, महानगर स्वयं स्थानीय सरकार भएपछि आफ्नो क्ष्Fेत्रको नागरिकको कस्तै पनि समस्या समाधानमा उसको स्वयमेव जाँगर पुग्नुपर्ने हो । खासगरी चौबाटाहरू त यतिसम्म विकृत अवस्थामा पुगेका छन् कि त्यसलाई हेरेर कसैले पनि वीरगंजमा कुनै पनि प्रकारको सरकार छ, कसैले जनताप्रति दायित्वबोध गरेको छ जस्तो लाग्दैन ।
दक्ष्Fिणबाट वीरगंजको सीमा आरम्भ हुनेबित्तिकैदेखि शुरू हुने सडकको दुर्दशा हेर्दा कसले भन्छ यहाँ सरकार छ ? सीमाबाट शुरू भएको यो लथालिङ्गे अवस्था रजतजयन्ती चोक, वीरगंजको मुटु मानिएको घण्टाघर, पावर हाउस चोक र वीरगंजको उत्तरी सिमाना गण्डक चोकसम्म पुगेको छ । यो मूल सडकको कथा हो, भित्री सडकहरूको दुर्दशाको अनुमान यसैबाट लगाउन सकिन्छ। यसको एउटा मात्र कारण हो वीरगंजको मूल सडक त्रिभुवन राजमार्गको खण्ड हुनु । राजमार्ग भनेपछि त्यसको रेखदेख, मरम्मत–सम्भार गर्ने जिम्मा सडक विभागको हो । कुरा यही बाझिन्छ, के सडक विभागले मरम्मत गर्दैन भने सडकलाई यस्तै दुर्दशापूर्ण अवस्थामा रहन दिने ? सडक विभाग सङ्घ सरकार मातहत काम गर्छ । जुन सरकारलाई चासो हुने कुरै आएन, त्यसमाथि वीरगंजस तराईको मुख्य शहर, मधेस आन्दोलनको इपिसेन्टर, केन्द्रको प्राथमिकता त के, झारा टराइको सीमामा पनि पर्दैन । तर वीरगंजको सडकमा दिनहुँ हिंड्ने पहिलो र अन्तिम व्यक्ति त वीरगंजवासी हो । वीरगंजवासी भन्नेबित्तिकै वीरगंज महानगरको दायित्वभित्र पर्ने नागरिक हो । केही लाख रुपियाँ खर्चेर के महानगरले दायित्व बाहिरको सडकको मरम्मत सम्भार गर्न सक्दैन ? त्यत्ति कुराका लागि अहिले वीरगंज केन्द्रित नेपाली काङ्ग्रेसले आन्दोलन छेडेको छ ।
नेपाली काङ्ग्रेसले राम्रो कामका लागि विरोध गरेको हो । तर यो काम आज मात्र राम्रो भएको होइन, हिजो गरेको भए पनि राम्रै हुन्थ्यो, अझ राम्रो हुन्थ्यो । किनकि जनतालाई महसूस हुन्थ्यो कि एउटा यस्तो पनि राजनीतिक दल छ, जसलाई जनसरोकारसँग वास्ता छ । आज किन गरिरहेको छ भने निर्वाचन आउँदै छ । निर्वाचनकै लागि सत्तामा भएका हाम्रा राजनीतिक दलहरू यस्ता काम गर्छन्, प्रतिपक्ष्Fीहरू काम नभएकोमा विरोध देखाउँछन् । राजनीतिक दलहरू ठान्दछन् चुनावका बेला यस्तो काम ग¥यो भने भोट पाइन्छ । तर उनीहरू के बिर्सन्छन् भने जुन जनताले चार वर्षसम्म दुर्दशा भोग्यो, उसले आज काम गर्न तत्पर हुनु र विरोध गर्नुको अर्थ बुझ्दैन ? यो अर्थ बुझ्ने मानसिकस्तरसम्म हाम्रा राजनीतिक दलहरू जुन दिन पुग्छन्, देशमा रामराज्य स्थापना हुन्छ ।