प्रस, सेढवा, २ माघ/

यता केही दिनदेखि घाम लाग्न शुरू भएपछि गहुँबाली लगाएका किसानहरू खुशी देखिएका
छन् ।

पुस १४ गते परेको बेमौसमी वर्षाको कारण यहाँका किसानहरूले लगाएको गहुँबाली प्रभावित भएको थियो । सिंचाइ गरेर मल छर्ने बेला पानी परेपछि खेतमा पानी भएको कारण मल छर्न नसकेको र गहुँको पात पहेंलो भएको कारण किसानहरू चिन्तित भएका थिए ।

घाम लाग्न शुरू भएपछि पानी सुक्ने र गहुँ बाली सप्रिने आशा पलाएको जीराभवानी गाउँपालिका–२ सेढवाका प्रदीप दास थारूले बताए । उनले सिंचाइ गरेको बीस दिनपछि युरिया मल छर्नुपर्ने बेला बेमौसमी वर्षा भएको कारण मल छर्न समस्या भएको बताए । उनले केही किसानले युरिया, सल्फर र जिंक मिसाएर खेतमा छरेको र आफूले पनि सोही अनुरूप मल छर्न शुरू गरेको बताए । खेतमा पानीको मात्रा बढी भएकोले सल्फर र जिंक युरियामा मिसाएर किसानहरूले छरिरहेको र त्यसको असर राम्रो भएको थारूले बताए ।

जीराभवानी गापा–५ सखुवनियाका किसान मुक्तिनारायण दासले केही दिनदेखि घाम लाग्न शुरू भएपछि गहुँको पात पहेंलोबाट हरियो हुन लागेको बताए । उनले यसैगरी घाम लागेको खण्डमा गहुँबालीलाई खासै नोक्सानी नहुने बताए । पुस १४ को बेमौसमी वर्षाले चिन्तित यहाँका किसानहरूलाई पछिल्लो समय पानी नपर्दा हाइसन्चो भयो ।

महानगरलगायत केही स्थानमा चार दिन अघि पानी परे पनि थरूहट क्ष्Fेत्रमा भने पानी नपरेकोले गहुँ खेतीलाई असर पारेन ।

गहुँ खेतीसँगै सुर्ती र तोरी बाली गरेकाहरूलाई घामले फाइदा भएको छ । ठोरी गापा–५ का बलराम कोर्मोचाले तोरी पाकेर उखेल्ने बेलामा घाम लागिरहेको कारण सजिलो भएको बताए । उनले अबको केही दिनमैं तोरी उखेलेर सुकाउने तयारीमा रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here